अवैध सम्बन्ध राखेको भन्दै सन्तोलियालाई आफ्नै बाबु र दाईले हत्या गरेको खुलासा

महोत्तरी, १५ साउन । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ । गत साउन ७ गते […]

‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ सार्वजनिक

काठमाडौँ, १५ साउन । नेपाली भाषाका व्याकरणविद् डा बलदेव शर्मा अधिकारीद्वारा लिखित ‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ पुस्तक सार्वजनिक भएको छ । नेपाली भाषासम्बन्धी पर्याप्त भाषा वैज्ञानिक प्रमाण र तर्क समेटिएको सो अनुसन्धनात्मक पुस्तक दुई अध्यायमा विभाजित छ । पहिलो नेपाली वर्णविन्यासको वैज्ञानिक परम्परा र दोस्रो अध्यायमा स्थापित र वैज्ञानिक नेपाली वर्णविन्यास–परम्परा भत्काउने भूमिकामा त्रिविका केही प्राध्यापकको […]

भाविकाको ‘छापाकला’ चित्र प्रदर्शनी सुरु

काठमाडौँ, १५ साउन । अमेरिकामा अध्ययनरत छापाकलाकी विद्यार्थी भाविका दुगडको छापाकला चित्र प्रर्दशनी सुरु भएको छ । सिद्वार्थ आर्ट ग्यालरी, बबरमहलमा नेपालका लागि मेक्सिकोका मानार्थ वाणिज्य दूत नरेश दुगडले आज ‘लेयरिङ द सिटी’ शीर्षकको सो प्रदर्शनीको उद्घाटन गरे । उनले नेपालमा कमै मात्र प्रयोग गरिने छापा कलाको प्रवद्र्वन गर्न यस्तो प्रदर्शनीले सहयोग पुग्ने बताए । […]

२१ लाख राशीको इपिएल क्रिकेट प्रतियोगिता आयोजना

काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिए । उक्त प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त […]

राष्ट्रिय स्क्वास प्रतियोगिता मंगलबारदेखि

काठमाडौँ, १५ साउन । नेपाल स्क्वास तथा राकेट्स सङ्घको आयोजनामा दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ । यही साउन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित सङ्घको एकेडेमीमा हुने यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक सङ्घका अध्यक्ष किशोर महर्जनले जानकारी दिए । प्रतियोगितामा मास्टर ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहको […]

भरतपुर १९ मा फेरि मतदान गराउन सर्वाेच्चकाे अादेश

काठमाडौं, १५ साउन । सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ । भरतपुर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएका कारण मतगणना प्रक्रिया अवरुद्ध भएकाे थियाे । साेही मुद्दालार्इ किनारा लगाउन अाइतबार […]

भलिवल खेलाडीको विकास र पूर्वाधार निर्माणमा ध्यान दिन जोड

काठमाडौँ, १५ साउन । मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आयोजित कार्यक्रममा संघका पदाधिकारीले उनलाई […]

पौडेलको ‘समयको सारङ्गी’ लोकार्पण

काठमाडौँ, १५ साउन । कवि भवानी पौडेलको कवितासङ्ग्रह ‘समयको सारङ्गी’ सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सो पुस्तक लोकार्पण गर्दै सामाजिक वञ्चितीकरणमा परेका पक्षका सपना र आकांक्षालाई कविताले प्रस्तुत गरेको बताए । समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले पौडेलका कवितामा कवित्व पाइएको छ […]

चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल

काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् । हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ । क्षेप्यास्त्रहरु […]

रियल म्याड्रिडलार्इ पराजित गर्दै बार्सिलोना बन्यो इन्टरनेसनल च्याम्पियन्स

एजेन्सी । स्पेनका दुर्इ फुटबल महारथीबीचकाे खेल विश्वव्यापी चर्चा र निकै राेचक मानिन्छ । यस सिजनकाे पहिलाे खेलमा बार्सिलाेनाले रियल म्याड्रिडलार्इ पराजित गरेकाे छ । सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडलाई पराजित गर्दै बार्सिलाेनाले इन्टरनेसनल च्याम्पियन्स कपको उपाधिमाथि कब्जा जमाएको छ । आइतबार बिहान भएको रोमाञ्चक खेलमा बार्सिलोनाले रियललार्इ ३–२ गोलअन्तरले पराजित गर्याे […]