सहमति जुट्न नसकेपछि एमाले संसदीय दलको नेता छान्न निर्वाचन, थापा र नेम्वाङ प्रतिस्पर्धामा

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । आजै सांसदहरूबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।