फेसबुकका सीइअाे जुकरवर्ग दाेस्राे छाेरीका पिता भए

एजेन्सी । फेसबुकका सीईओ मार्क ज़करबर्ग दाेस्राे बच्चाकाे पिता बनेका छन् । जुकरवर्ग परिवारमा दाेस्राे सन्तानका रुपमा पनि छाेरी भएकाे बताइएकाे छ ।

जुकरवर्गले दाेस्री छाेरीकाे नाम अगस्ट राखेकाे बताइएकाे छ । अगस्ट महिनामा जन्म भएका कारण उनकाे नाम पनि अगस्ट नै राखिएकाे बताइएकाे छ । दाेस्राे सन्तानलार्इ स्वागत गर्दै जुकरवर्ग र उनकी पत्नी प्रिसिला चानले फेसबुकमा फाेटाे पाेस्ट गरेका छन् ।

जुकरवर्गले अाफ्नाे पाेस्टमा लेखेका कि, ‘तिमीले विज्ञान र प्रविधिकाे युगमा जन्म लिएकी छाैं । हाम्राेभन्दा तिम्राे जीवन अझ राम्राे हुनेछ र तिम्राे जीवन राम्राे बनाउन हाम्राे जिम्मेवारी हाे ।’

Loading...