संविधान सभा सदस्यका एक उम्मेदवारको हत्या

कराकस । भेनेजुयलामा प्रतिपक्षीको विरोधकाबीच भएको निर्वाचन सुरुहुन केही घण्टामात्र बाँकी रहँदा संविधान सभाको सदस्यमा उम्मेदवार रहेका एक जनाको उनकै घरमा प्रवेश गरी हत्या गरिएको अभियोजकले बताएका छन् । प्रतिपक्षीले बहिस्कार गरेको निर्वाचनमा ३९–बर्षीय उम्मेदवार जोस फेलिक्स पिनिडाको क्युदाद बोलिभर शहरस्थित उहाँकै घरमा हत्या भएको हो, अभियोजकको कार्यालयले जनाएको छ । भेनेजुयालाको प्रतिपक्षी गठबन्धन समूह […]

ताइवानमा आँधीका कारण एक सयभन्दा बढी घाइते

ताइवान । ताइवानमा यस वर्षको पहिलोे आँधी शनिबार आएपछि आइतबार पुनः अर्को आँधी आउँदा १११ जना घाइते भएका छन् । ताइवानको सामुद्रिक क्षेत्रमा आएको आँधीपछि लगत्तै अर्को आँधी आएपछि सामुद्रिक तटमा रहेका शहरहरू जलमग्न बनेका छन् । भीषण वर्षासँगै आएको हुरीका कारण बाटोमा चलिरहेका स्कुटर, मोटरसाइकललगायतका साना सवारी साधन सडकमा अस्तव्यस्त छोडेर केही यात्रुहरूले नजिकका […]

भेनेजुयलामा विवादका वाबजुत संविधानसभाको निर्वाचन सम्पन्न

कराकस । भेनेजुयलामा देखिएको राजनीतिक संकट समाधान गर्न घोषणा गरिएको नयाँ कानून लेख्न शक्तिशाली निकाय संविधानसभाको निर्वाचन आइतबार भएको छ । भेनेजुयलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी)ले वर्तमान राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनीतिक संकट चरम बन्दासमेत समाधान गर्न नसकेको तथा राजनीतिक अन्यौलका कारण आर्थिक संकटसमेत चुलिएको भन्दै विगत चार महिना यता आन्दोलन […]

प्रहरीलाई हत्या गर्ने आरोपी महिला पक्राउ

धादिङ, १६ साउन । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील […]

करोडौं कमिसन खाएर निगमले गर्यो निजी जग्गा खरिद

काठमाडौं, १६ साउन । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले […]

भूकम्पमा १ खर्ब दिने भनेको भारतले एक रुपैयाँ पनि आएन

काठमाडौं, १६ साउन । भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन। २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो।  पुनर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन। साउदी अरबले तीन अर्ब रुपैयाँ दिने […]

अब वसन्तपुर दरवार क्षेेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने

काठमाडाैं, १६ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका […]

उत्तरका सबै नाका खोल्न र नेपालतर्फको सडक समेत निर्माण गर्न चीन तयार

काठमाडाैं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जनाए । ओलीले आइतबार पार्टीको […]

कांग्रेस गुटै गुटको घर । देउवाको समूहबाट दुर्इजना मात्रै मन्त्री

काठमाडाैं, १६ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन्। देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ। दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके। कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना […]

सर्वोच्चको आदेशप्रति एमालेको कडा टिप्पणी

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वार्ड नं. १९ मा फेरि मतदान गराउन दिएको आदेशप्रति नेकपा एमालेले कडा टिप्पणी गरेको छ । सर्वोच्चको यो फैसलाले राज्यमा नागरिक सर्वोच्चता र जनताको जनमतलाई अपमान गरेको भन्दै एमालेले यो आदेश दुर्भाग्यपूर्ण भएको बताएको छ । एमालेका सचिव तथा प्रचार विभाग इन्चार्ज योगेश भट्टराईले सर्वोच्चको फैसलाले […]