काठमाडौ, २४ असोज । वर्षको सवोत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष दिइने प्रतिष्ठित बोलोन डी’ओर अवार्डका लागि प्रारम्भिक उत्कृष्ट ३० खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरिएको छ। फ्रेन्च फुटबलले प्रदान गर्ने यस अवार्डमा टोट्नह्यामका स्ट्राइकर ह्यारी केनले क्रिस्टियानो रोनाल्डो, नेमार, लिओनल मेस्सी सम्मेलित मनोनयनको सुचीमा स्थान बनाएका छन्। अवार्डका लागि प्रिमियर लिगबाट परेका ७ खेलाडीमध्ये फिलिप्पे काउटिन्हो, साडियो […]
Author: Nonstop Khabar
नेकपा (संयुक्त)को सिङ्गो केन्द्रीय समिति माओवादी केन्द्रसँग विलय हुँदै
काठमाडौँ, २४ असाेज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता हुने भएकाे छ । नेकपा (संयुक्त)ले माअाेवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेकाे सार्वजनिक गरेकाे छ । साेमबार सम्पन्न नेकपा (संयुक्त)काे पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले […]
गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो
काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]
यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या
काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो । गाडीको अगाडीको सिसामा प्वाल पर्यो । चालकले […]
राजधानीमा बन्दुकको बिगबिगी
काठमाडाै, २४ असाेज । शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ […]
राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या
काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]
स्कूल बसका चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने
काठमाडौँ, २२ असोज । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था […]
आयल निगमका भ्रष्ट कार्यकारी निर्देशक खड्काको बचाउमा उत्रियो सर्वोच्च अदालत
काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ […]
अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको सम्मेलन सम्पन्न
धनगढी, २२ असोज । अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको यहाँ भएको सम्मेलन चारबुँदे सुदूरपश्चिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रमा सुदूरपश्चिमको समग्र विकासका लागि प्रवासी युवाको सीप र पुँजीलाई संकलन गरी विभिन्न योजनामा परिचालन गर्नका लागि राज्य र अन्य सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ […]
आगामी चुनावमा सबैभन्दा साना पाँच पार्टीले बनाए गठबन्धन
काठमाडौँ, २२ असोज । ‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् । गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम […]










