लहान, २४ असाेज । अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ।साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका-६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन्। गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी […]
Author: Nonstop Khabar
बाबुरामले २० सिट मागेपछि एमाले, माके र नयाँ शक्तिको एकता सङ्कटमा
काठमाडौँ, २४ असोज । अागामी मङ्सिरमा घाेषणा गरिएकाे प्रदेश र सङ्घकाे निर्वाचनका लागि गठबन्धनसहित पार्टी एकताका लागि गरिएकाे सहमति सङ्कटमा परेकाे छ । पार्टी एकताका लागि नै भनेर गर्न थालिएकाे याे सहमति सङ्घीय प्रतिनिधि सभाका लागि कसलार्इ कति उम्मेदवार दिने भन्ने विषयमा अाएर अप्ठ्याराेमा परेकाे छ । पार्टी एकताकाे घाेषणा गरेका तीन दल अहिले चुनावी […]
गौचन हत्या छानविनका लागि गठित समितिको संयोजक दुर्इ दिनमै किन फेरियो ?
काठमाडौं, २४ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याकाे छानविन गर्न गठित समितिकाे संयाेजक परिवर्तन गरिएकाे छ । सोमबार दिउँसो राजधानीको बानेश्वर रहेकाे घर नजिकै कारमा गइरहेका बेला गाैचनकाे अज्ञात समूहले गाेली हानी हत्या गरेकाे थियाे । उनकाे हत्याकाे छानविन गर्न सरकारले एसएसपी शेरबहादुर बस्नेतकाे संयाेजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकाे थियाे […]
नेकपाका रौतहट जिल्ला नेता कञ्चन पक्राउ । राज्य अातङ्क बन्द गर्न नेकपाकाे चेतावनी
रौतहट, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी रौतहटका एक जिल्ला नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । रौतहटको बृन्दावन नगरपालिका वार्ड नं. २ बाट नेकपाका जिल्ला कमिटि सदस्य कञ्चन लामालाई प्रहरीले सोमबार अपरान्ह ५ बजे पक्राउ गरेको हो । बृन्दावन नगरपालिका वार्ड नं. २ मा रहेको आफ्नै घरमा बसेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विरामी […]
१८ महिनामा डेढ करोड मोबाइलका आईएमईआई टेलिकममा दर्ता
काठमाडौं । १८ महिनाको अवधिमा डेढ करोड मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता सुरु गरेको १८ महिना पुग्दा एक करोड ४१ लाखभन्दा बढी आईएमईआई नम्बर दर्ता भएको जानकारी दिएको छ। मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले अघिल्लो वैशाख १ देखि आईएमईआई […]
प्रदेशको राजधानी र ‘राष्ट्रपति’ तोक्ने प्रयास अन्तिममा रोकियो
काठमाडौं, २४ असाेज । सात प्रदेशकाे अस्थायी केन्द्र ताेक्ने तयारी अन्तिममा अाएर राेकिएकाे छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेकाे अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरेकाे थियाे । मन्त्री बस्नेेतले मंगलबार नै समितिले तयार गरेकाे उक्त प्रतिवेदन मन्त्रीपरिषदमा प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, […]
दाङमा भेटियाे पेट्राेलियम खानी
दाङ, २४ असाेज । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले […]
एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने
काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]
नेकपाकाे केन्द्रीय समिति बैठक सम्पन्न
पोखरा,२४ असाेज । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक पोखरा, लुम्लेमा नयाँ निर्णयसहित सम्पन्न भएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गर्दै पोखरा बैठक सम्पन्न भएको पोखरा संवाददाताले जनाएका छन् । बैठकमा महासचिव विप्लवले एमाले, माअाेवादी केन्द्र र नयाँ […]
कंगोबाट किन फर्काइए १५० नेपाली सैनिक
काठमाडौं, २४ असाेज । नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् । सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार […]









