काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका श्रोतले जनाएको छ । उनी भारतको […]
Author: Nonstop Khabar
सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक पर्व विस्का: जात्रा शुरु
राजेशमान मानन्धर, भक्तपुर । सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) बिहीबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा […]
१ सय ५० उद्योग अनुगमन, कैफियत देखिएपछि २० बढीको कारोबार रोक्का
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । ञघविभागले आज थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत यस महिना भरी १५० उद्योग अनुगमन गर्दै २ ०वटा भन्दा बढीको कारोबार रोक्का गरेको छ । आज कारोबार रोक्का गरिएका उद्योगहरूमा […]
हुलाकमा पनि भ्रष्टाचार, पत्रकार सम्मेलन गरेरै यस्तो खुलासा
काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो गरेकी हुन् । ऐडीका भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा […]
त्रिवि उपकुलपति प्राडा बरालको राजीनामा स्वीकृत
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए । कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई […]
पत्रकार प्रजापतिलाई पितृशोक
परिवर्तनशील आवाज साप्ताहिकको प्रकाशक सम्पादक एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य रामचन्द्र प्रजापतिलाई पितृशोक परेको छ । पत्रकार प्रजापतिका पिता राजकुमार प्रजापतिको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । भक्तपुर अस्पतालमा उपचारका क्रममा निधन भएका प्रजापतिको पार्थिव शरीरलाई बिहीबार बिहान भक्तपुरको हनुमानघाट पुर्याई अन्त्येष्टि समेत सम्पन्न गरिएको पारिवारिक श्रोतले जनाएको छ । दिवङ्गत प्रजापतिका […]
काठमाडौबाट रामेछाप जाँदै गरेको बस पल्टिँदा ११ यात्री घाइते
काभ्रेपलान्चोक । काभ्रेको रोशी- ९ दाउने स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाडौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख १३३९ नं. को यात्रुबाहक बस पल्टिएको छ । पानी परेको कारण ब्रेक नलागि चिप्लदा सो बसले खाँदबारी बाट काठमाडौ तर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाईस गाडीलाई ठक्कर दिई सडकबाट अन्दाली २० मिटर […]
असारको धानखेत बन्यो साँगामा सडक, भक्तपुरबाट जाने गाडी यतै रोकिए
भक्तपुर । अरनिको हाइवे अन्तर्गत भक्तपुरको साँगामा सवारीसाधन आवागमन प्रभावित भएको छ । एकाबिहानै पहिरो खस्दा भक्तपुरबाट जाने सवारीसाधनलाई प्रहरीले बिहान ७ बजेबाट नै जगातीमा रोकेर राखेको छ भने उताबाट आउने सवारी साधन एकतर्फीरुपमा खुलेका छन् । निर्माणको क्रममा रहेको साँंगाको बाटो पहिरो खसेको माटोले थप चिप्लो बनाएपछि अझै केही घण्टा सवारी साधन जान नसक्ने […]
भक्तपुरमा कालो धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही
भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी भक्तपुर क्षेत्रमा धुलो र धुवाँको असरले गर्भवती महिला, असक्त, बिरामी, बालबालिका र जेष्ठ नागरिक जोखिममा छन् । वायु प्रदुषणले विद्यालय जाने बालबालिका, कामकाजी मानिस र पैदल यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको छ । प्रदूषण फैलाउने माध्यमको कडा निगरानी र नियन्त्रण नगर्ने […]
मासिक तीन करोड भन्दाबढी रकम असुलेको आरोपमा यातायातका कर्मचारी पक्राउ
न्यूजकारखाना, बाँके । बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। उनीहरूलाई बाँके जिल्लाका […]











