ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा हप्तादिन नपुग्दै बन्द, यस्तो छ कारण

काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा हप्तादिन नपुग्दै बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको […]

ओलीसँग बोलचाल बन्द भएपछि प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी ओलीसँग बोलचाल नै बन्द भएपछि माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । वार्तामा […]

माओवादीसँग तनाव बढिरहेका बेला एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक

काठमाडौं, २ जेठ । माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा केपी ओली लम्पसार परेको […]

नेकपाका भक्तपुर सचिव गिरफ्तार, देशव्यापी धरपकडको विरोधमा नेकपाको कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडाैं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सचिव कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंको बागबजारबाट आज मंगलबार दिउसो प्रहरीले गिरफ्तार गरेको जनाएको छ । नेता बोगटीलाई बागबजारबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौ टेकुमा बुझ्दा बोगटीका बारेमा कुनै जानकारी नदिने बताइएको माथिबाट कडा […]

अखिल क्रान्तिकारीद्वारा राजधानीमा विशाल प्रदर्शन, वैज्ञानिक शिक्षाका लागि बलिदान गर्न तयार रहेको उदघोष

काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अाज राजधानीमा विशाल प्रदर्शन गरेकाे छ । ५४ अाैं विद्यार्थी दिवसकाे अवसरमा क्रान्तिकारीले विशाल र्यालीसहित प्रदर्शन गरेकाे हाे । र्यालीपछि क्रान्तिकारील लैनचाैरमा अायाेजना गरेकाे सभामा बाेल्दै नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट […]

राष्ट्रिय झण्डा बिगार्ने प्रदेश २ का सचिवलार्इ केन्द्रीय मन्त्री लालबाबुले सोधे यस्तो कडा स्पष्टिकरण

काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर […]

ट्रम्पको हठका कारण गाजामा ५५ जनाको मृत्यू, २७ सय घाइते

एजेन्सी । डाेनाल्ड ट्रम्प अमेरिकाकाे इतिहासमै सबैभन्दा विवादित राष्ट्रपतिका रुपमा चित्रित हुँदै गएका छन् । उनले गरेका एकपछि अर्काे काम विवादित बन्दै गएका छन् । यसैक्रममा उनकै हठका कारण गाजामा फेरि हिंसा भड्किएकाे छ । गाजामा भड्किएको हिंसाका कारण कम्तिमा ५५ जनाको ज्यान गएको छ भने हजाराै मानिसहरु घाइते भएका छन् । अमेरिकाले जेरुसेलममा आफ्नो […]

मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द

Nepal-Army

काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका […]

लामो समयदेखि प्रतिक्षारत बक्स अफिस अब स्थापना हुने पक्का

काठमाडाैं‌ । अागामी साउन महिनादेखि नेपाली चलचित्र उद्याेग बक्स अफिस प्रणालीमा जाने भएकाे छ । पहिलेदेखि नै बक्स अफिस स्थापनाकाे प्रयास हुँदै अाएकाे भए पनि हलका सञ्चालकहरुले अवराेध पुर्याएका कारण हालसम्म पनि याे काम हुन सकेकाे थिएन । अब भने नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्स अफिस स्थापना हुने पक्का भएकाे छ । […]

कुलमानले गरे आजबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्यको घोषणा

काठमाडाैं, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाजबाट लाेडसेडिङ पूर्ण रुपमा अन्त्य हुने जानकारी दिएका छन् । उनले १५ वर्षदेखि लगाइदै अाएकाे लाेडसेडिङ आजबाट अब कहिल्यै नहुने बताएका छन् । घिसिङले औद्योगिक क्षेत्रमा अाजैदेखि पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरिने र बाँकी क्षेत्रमा पनि छिट्टै पूर्ण रुपमा लाेडसेडिङ अन्त्य गरिने बताए । […]