किन दिए जिनेदिन जिदानले रियल म्याड्रिडबाट अकस्मात राजीनामा

एजेन्सी । रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । च्याम्पियन्स लिगमाथि ह्याट्रिक लगाएको पाँच दिनपछि जिदानले क्लबका अध्यक्ष फ्लोरेन्ट परेजको उपस्थितिमा पत्रकार सम्मलेन गरी राजीनामा दिएको जानकारी गराएका हुन् । सन् २०१६ मा जिदान रियलका प्रशिक्षक बनेका थिए । जिदानले रियलमा धेरै परिवर्तन आवश्यक रहेको […]

नेकपा अन्डरलार्इनका दुर्इ कार्यालय अझै जोडिएनन, यस्तो छ अस्तव्यस्तता

काठमाडाैं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल […]

धुर्मुस–सुन्तलीले के चर्को चन्दा उठाएकै हुन् ? किन लगायो सरकारले धुर्मुस–सुन्तलीलार्इ चन्दा उठाउन रोक ?

काठमाडौं, १८ जेठ । विभिन्न सामाजिक काममार्फत चर्चाकाे शिखरमा पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विर अस्पतालकाे सरसफार्इमा अाएर विवादमा परेका छन् । विरअस्पतालकाे पूरै अनुहार फेर्ने भन्दै कम्मर कसेर लागेकाे ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले चन्दा उठाएकाे अाराेप लागेकाे छ । बाहिर उठ्ने सामान्य अालाेचना र अाराेप त छँदै थिए त्यसमाथि सरकारले नै उक्त […]

काठमाडौं घोषणपत्र जारी गर्दै कम्युनिष्ट विश्व सम्मेलनको सम्पन्न

काठमाडाै‌, १७ जेठ । कार्ल मार्क्सको द्विशतबार्षिकीका अवसरमा बुधबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएकाे छ । होटल याक एण्ड यतीमा जारी सेमिनारमा बुधबार बोल्न बाँकी देशका प्रतिनिधिले बिहीबार आफ्ना धारणा राख्ने कार्यक्रम रहेको थियाे । उनीहरुले अाफ्ना धारणा राखेपछि काठमाडाैं घाेषणापत्र जारी गरेर सम्मेलन सम्पन्न भएकाे हाे । कार्ल मार्क्सको द्विशतवार्षिकीका अवसरमा […]

सलमानले चलचित्रमा डेब्यु गराउन खोजेका नवनायक जाहिरोका सवत्र चर्चा

काठमाडाैं । बलिउड अभिनेता सलमान खानलाई धेरैले चलचित्रमा डेब्यु गराउने ‘गदफादर’ मान्छन्। उनले डेब्यु गराएका कलाकारहरु अहिले चर्चित पनि भएका छन्। जरिन खान, ज्याकलिन फर्नान्डेज, अर्जुन कपूर, कट्रिना केफ उनले डेब्यु गराएका कला कार हुन्। हालै सलमानले जाहिर इकबाललाई पनि डेब्यु गराउने भएका छन्। जाहिरका पिता र सलमानखानका पिता साथी हुन्। जाहिरलाई सलमानलाई सानैदेखि चिन्दथे। […]

सुन काण्डमा फरार एसएसपी खत्रीले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडाैं, १७ जेठ । ३३ किलाे सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले अन्तत: अदालतसमक्ष अात्मसमर्पण गरेका छन् । खत्रीलार्इ सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त बनाइ खत्रीका विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी बिहीबार बिहानै जिल्ला अदालत माेरङमा अात्मसमर्पण गरेका हुन् । उनी अहिले […]

हस्तलिखित नागरिकता नष्ट गरियो

पर्वत, १७ जेठ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल […]

विज्ञानले पत्ता लाग्यो पानीका दुई फरक स्वरुप

काठमाडाैं । वैज्ञानिकले वाटर मोलिक्युल (पानीका अणु) का दुई फरक स्वरुपलाई पहिलो पटक विभाजन गर्न सफल भएका छन् । वाटर मोलिक्युलमा दुई फरक आइसोमर्स अर्थात प्रकार हुन्छन् । दुवैमा एटोमिक लेभलमा केही फरक विशेषता रहन्छ । दुई आइसोमर्सलाई छुट्याएपछि अनुसन्धानकर्ता ती दुई आइसोमर्सले रासायनिक प्रतिक्रियाको क्रममाम फरक तरिकाले व्यवहार गर्ने देखाउन सफल भएका छन् । […]

घरसँगै आगोले श्रीमती पनि जलाइदिएपछि कर्णबहादुर यसरी भक्कानिए

दाङ, १७ जेठ । दाङको गढवा गाउँपालिका वडा नं. ३ सुपैलाका कर्णबहादुर रावत मंगलबार बेलुका गाउँ घुम्न निस्किए । मजदुरी गरेर जीविका चलाउँदै आएका कर्णबहादुर घर बाट निस्कँदा श्रीमती लक्ष्मी रावतलाई खाना बनाउन भनेका थिए । तर, राति ९ बजे घर फर्कदा कर्णबहादुरले घर जलिरहेको देखे । त्यही आगोमा श्रीमती लक्ष्मी रावतको जलेर मृत्यु भयो […]

भयानक तथ्याङ्क सार्वजनिक : प्रतिवर्ष सुर्ती खाएर विश्वमा करिव ३० लाख मानिसको मृत्यु

काठमाडौं। धुम्रपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण […]