काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अाज काठमाडाैंमा विशाल जनप्रदर्शन गरेकाे छ । देशभरबाट ठूलाे संख्यामा अाएका जनताकाे जनसागरबीच नेकपाले काठमाडाैैकाे प्रदर्शनी मार्गस्थित राेडमा नै जनसभा सम्पन्न भएकाे हाे । बाल्मिकी क्याम्पस अगाडि सडकमै बनाइएकाे मञ्चदेखि नेपाल पर्यटन बाेर्ड पछाडिकाे सडक पूरै ढाकिएकाे जनसागरलार्इ नेकपाका नेतासहित केही अन्य पार्टीका नेताहरुले पनि सम्वाेधन गरे । […]
Author: Nonstop Khabar
ए डिभिजन लिगमा मनाङ मर्स्याङदी शिर्ष स्थानमा
काठमाडौँ । पल्सर ए डिभिजन लिग फुटबलअन्तरगत बिहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। मनाङले बलियो प्रतिष्पर्धी थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। एन्फा मैदान सातदोबाटोमा सम्पन्न खेलमा मनाङका लागि अञ्जन बिष्टले एक गोल गरेका हुन्। अर्को गोल थ्री स्टारले आत्मघाती गोल गर्दै उपहार दिएको थियो। थ्री स्टारका लागि सान्त्वना गोल […]
भक्तपुरको इन्जिनियरिङ कलेजको विवाद सुल्झाउन संसदीय समिति गठन
काठमाडौं, ६ मंसिर । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ। संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो। स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ। सोही समस्यालाई समाधान गर्न उपसमिति […]
भक्तपुरमा गएराती ट्रिपरले ब्याक गरेर मोटरसाइकलसहित मान्छे किच्यो
भक्तपुर, ६ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमिले जनाएको छ। तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई […]
निगमले किनेको ब्रान्ड न्यू वाइडवडी जहाज तीन महिनामै बिग्रेर ब्रेक सिस्टम फेर्ने अवस्थामा
काठमाडौं । नेपाल वायुसेवा निगमकाे विवादित वाइडवडी विमानमा उकपछि अर्काे समस्या अाउन थालेका छन् । निगमका अधिकारीले ब्रान्ड न्यू विमान किनेकाे भनेर दावी गरिरहेे पनि त्यसमाथि अाशंका निस्किरहेका बेला विमानकाे ब्रेक सिस्टम बिग्रेर फेर्नु नै पर्ने स्थितिमा पुगेकाे छ । साेही कारण अहिले निगमकाे अन्नपूर्ण नाम दिइएकाे वाइडवडी विमान १३ दिनदेखि ग्राउन्डेड छ । कलसाइन […]
यस वर्ष करिव ९ लाख पर्यटक नेपाल आए, अहिलेसम्मकै बढी पर्यटक भित्रिए यसपटक
काठमाडौं । यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको […]
सबैभन्दा धेरै नक्कली सर्टिफिकेट शिक्षकका, १६ सय उजुरी अख्तियारमा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ५ सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक […]
डोल्पा बल्ल जोडियो राष्ट्रिय सडक सञ्जालमा, जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने काम सम्पन्न
डाेल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको उद्घाटन गरे। जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने […]
बरिष्ठ न्यरो सर्जनले मन्त्रालयको चाकडी र घुस दिन नसकेको भन्दै दिए पदबाट राजिनामा
काठमाडौं । वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जरी युनिट प्रमुख डा. ध्रुव अधिकारीले चाकडी गर्न र घुस दिन नसकेको जनाउँदै पदबाट राजीनामा दिएका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै डा. अधिकारीले मन्त्रालयमा राजीनामा दिएका हुन्। उनको राजीनामा सोमबार दर्ता भएको छ। उनी नवौं तहका चिकित्सक हुन्। उनले विगत एक वर्षदेखि तलबविहिन […]
वाइडवडी अनियमितता प्रकरणमा पर्यटन मन्त्रीसहित कंसाकारलार्इ बयानका लागि बोलाइयो
काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। मंगलबारको समिति बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजातसहित पर्यटन तथा नागरिक […]











