नेपाली बुद्धिजीवीहरुलार्इ थला पारिदिने प्रधानमन्त्री केपी ओलीको चेतावनी

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई यस्तो चेतावनी दिएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भनेका छन्,‘कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको देख्छु। त्यस्ता बुद्धिजीवीहरुलाई एक पटक पहिले मसँग सञ्चारमाध्यममा आउनुभन्दा अगाडि जवाफ दिदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ। त्यसकारण म उहाँहरुलाई थला पार्न चाहन्नँ। ’

सोही कार्यक्रममा प्रधानमन्त्रीले ओलीले आफूले ती बुद्धिजीवीहरुलाई जोनेको र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन भनेर समेत सोधेका छन्।

उनले भनेका छन्,‘असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ,त्यो विचार गर्नुपर्ने हो। ’

यस्तै,उनले सरकारकै भत्ता,पेन्सन खाने र सरकारी सुविधा लिएर जथाभावी बोल्ने प्रवृति देखिएको समेत बताए। गोपनियताको वास्ता नगर्ने प्रवृत्ति बढेको उनले बताए। प्रधानमन्त्री ओलीले आफूले अत्यन्तै अनुत्तरदायी र झूठो प्रचार देखेको समेत बताएका छन्। आफूविरुद्ध बुद्धिजीवीहरुले अपमानजनक टिप्पणी गरेपनि जवाफ नदिने बरु प्रश्न सोधिरहने बताए।्

एसिया प्यासिफिक सम्मेलनका क्रममा युनिभर्सल पिस फेडेरेसनबाट एक लाख डलरको पुरस्कार लिएपछि प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न टिक्काटिप्पणी भइरहेका छन्।

Loading...