व्यवसायीले ल्याए पर्यटकलाई ५० प्रतिशतसम्म आकर्षक छुट प्याकेज

दाेलखा । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधबारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग […]

अन्ना हजारेले फेरि सुरु गरे अनसन

काठमाडाैं । भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमामा बुधबार अनसन सुरु गरेका हुन् । महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा अनसन बसेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक/पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेकाले आन्दोलन सुरु गरेको […]

वेपत्ता छानविन र सत्य निरुपण आयोगको म्याद एक वर्ष बढ्यो

काठमाडौँ। सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउन बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने भएको छ। आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभामा पेस गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा कानुन हेर्ने सचिव रमेश ढकालले विधेयकमा आयोगका पदाधिकारीहरूलाई समेत हटाउन सक्ने प्रावधान रहेको बताए। सरकारले ‘सत्य निरुपण […]

कांग्रेस र नेकपाका विद्यार्थी अध्यक्षबीच क्लबमा भयो चर्काचर्की (भिडियो सहित)

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङबीच चर्काचर्की भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनीहरु आमनेसामने भएका छन्। नेविसंघ अध्यक्ष महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारे। उनले भने,‘तर सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’ […]

रोनाल्डोले पेनाल्टी मिस नगरेपछि युभेन्टस हारबाट जोगियो

इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार रातिभएको खेलमा युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले लाजिओलाई २–१ ले हराएको हो। पहिलो हाफमा गोल हुन नसकेको खेलमा ५९ औँ मिनेटमा युभेन्टसका क्यानले आत्मघाती गोल गरे र लाजिओले अग्रता लियो। ७४ औँ मिनेटमा युभेन्टसका लागिकाभाको क्यानसेलोले बराबरी गोल गरे। खेलको अन्तिम समयतिर […]

अमेरिका र चीनबीच सम्बन्ध अझ चिसिदै, हुवावे विरुद्ध अमेरिकाद्वारा ठगी मुद्दा दायर

अमेरिकाको न्याय विभागले चिनियाँ टेलिकम जाइन्ट हुवाई तथा हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खाविरुद्ध ठगीको मुद्दा दायर गरेको छ । अमेरिकाको टि मोबाइलको प्रविधि चोरी गरेको, बैंक तथा वायर फ्रड गरेको र न्याय प्रक्रियामा अवरोध गरेकोसहितका आरोप लगाइएको हो । मेङ्गलाई गएको डिसेम्बरमा अमेरिकाको आग्रहमा क्यानडाको प्रहरीले भ्यानकुभरमा पक्राउ गरेको थियो । अमेरिकाले इरानमाथि लगाएको […]

सञ्चारकर्मी जोशीको मुटु भित्र चोट

काठमाडौँ । सञ्चारकर्मी नारायण जोशीले ‘मुटु भित्र चोट छ’ बोलको लोकदोहोरी गीत डिजिटल बजारमा ल्याएका छन् । जोशीको आफ्नै शब्द संकलन रहेको गीतमा गायिका निरुता खत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा डण्डीराज जोशीको संगीत छ । साया भण्डारी र खगेन्द्र साउदको फिचरिङ्ग रहेको गीतको भिडियो विक्रम चौहानको निर्देशनमा तयार पारिएको हो ।

नक्कली ब्ल्यू बुक बनाएर पौने तीन करोड ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्ल्यू बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले देव विकास बैंकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठ जनालाई पक्राउ गरी […]

ललितकलामा स्नातकोत्तर १० विद्यार्थीकाे चित्र प्रदर्शनी ‘सङ्गालो’को समापन

काठमाडौँ, १५ माघ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गरे । कर्माचार्यले युवालाई चित्रकलाप्रति आकर्षित गराउन प्रतिष्ठानले नीति अगाडि बढाउन लागेको बताए । उनले प्रदर्शनीमा राखिएका चित्र व्यावसायिक चित्रकारको भन्दा कम नभएको उल्लेख […]

हायातमा किन निकालियो शेयर विवाद ? कसरी घट्यो तारागाउँको शेयर

काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको करोडौको शेयर रहेको मुलुककै व्यवस्थित र नमूना मानिएको होटेल हायातमा जवरजस्त विवाद तान्न खोजिएपछि निजी क्षेत्रका केही अगुवाहरु झस्किएका छन् […]