सञ्चारकर्मी जोशीको मुटु भित्र चोट

काठमाडौँ । सञ्चारकर्मी नारायण जोशीले ‘मुटु भित्र चोट छ’ बोलको लोकदोहोरी गीत डिजिटल बजारमा ल्याएका छन् ।

जोशीको आफ्नै शब्द संकलन रहेको गीतमा गायिका निरुता खत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा डण्डीराज जोशीको संगीत छ ।

साया भण्डारी र खगेन्द्र साउदको फिचरिङ्ग रहेको गीतको भिडियो विक्रम चौहानको निर्देशनमा तयार पारिएको हो ।

Loading...