इतिहासमै पहिलोपटक लोकसेवाले गर्यो ९ हजार १ सय ६१ पदपूर्तीका लागि विज्ञापन (विज्ञापनसहित)

काठमाडौँ, १७ जेठ । लोक सेवा आयोगले ६९ वर्षको लामो इतिहासमा यसपटक सर्वाधिक जनशक्ति मागको विज्ञापन गरेको छ । आयोगले सूचना प्रकाशित गर्दै एकैपटक ९ हजार १ सय ६१ पदका लागि विज्ञापन प्रकाशित गरेको हो । आयोगको इतिहासमा नै एकैपटक यति धेरै पदका लागि विज्ञापन भएको यो पहिलो पटक हो । आयोगले स्थानीय तहको लागि […]

धुर्मुस सुन्तलीले बनाउने थालेको रंगशालाको बार डोजर लगाएर भत्काउने १६ पक्राउ

चितवन, १५ जेठ । धुर्मुस सुन्तली फाउन्डेशनकाे पहलमा चितवनमा बन्न लागेकाे गाैतमबुद्ध अन्तरराष्ट्रिय क्रकेट रंगशालाकाे बार भत्काउनेहरु पक्राउ परेका छन् । चितवन प्रहरीले बार भत्काउन सम्लग्न रहेका १६ जनालाइ पक्राउ गरेकाे हाे । रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार बुधबार बिहान डाेजर प्रयाेग गरेर भत्काइएकाे थियाे । करिव १ किलाेमिटर बार डाेजर भत्काएपछि […]

२० प्रतिसत बढ्यो तलव

ओली सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ । बुधवार बजेट बक्तब्य मार्फत उक्त वृद्धि गरिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्र अनंकित् कर्मचारीको तलवमा २० प्रतिशतका दरले र राजपत्रांकित कर्मचारीको हकमा १८ प्रतिशतका दरले तलव वृद्धि गरिएको घोषणा गरे । यो संगै खरिदारको तलव ४ हजार भन्दा बढीले बढेको छ भने शाखा अधिकृतको […]

सांसदलाई छुट्याइयो ६ करोडका दरले ९ अर्ब ९० करोड

काठमाडौं, १५ जेठ । सरकारले संघीय सांसदहरुको लागि ६ करोड छुट्याएको छ । सरकारले सांसदलाई विकास कार्यमा सहभागि गराउने भन्दै गपत रकम विनियोजन गरेको हो । सांसदलाई पैसा बाँडेर विकास नहुने भनेर आलोचना भैरहदा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सांसदहरुलाई प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ छुट्ट्याएको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले […]

बढ्यो बृद्ध भत्ता

तत्कालिन मनमोहन सरकारले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्तालाई ओली सरकारले बढाईदिएको छ । भत्तामा रु १ हजार वृद्धि भएको हो । बुधबार संयुक्त संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारका तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले […]

सरकारी कामको सहजताका लागि नेपालमा पहिलो अभ्यास गर्दै प्रम ओली

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम प्रभावकारी बनाउन एक्सन रुम सञ्चालन गरेका छन । प्रधानमन्त्रीको कार्यालयमा गणतन्त्र दिवसको अवसर पारेर उक्त एक्सन रूमको उद्घाटन समेत गरिएको छ । एक्सन रूम भए संगै विकास आयोजनाको अनुगमन तथा प्रदेशका मुख्यमन्त्रीहरु लगायतसँग विभिन्न विषयमा छलफल र निर्देशन समेतमा सहयोग पुग्ने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ […]

प्रधानमन्त्री ओलीले पाए ‘होली वाईन’को पुरस्कार !

काठमाडौं । केही महिना अघि होली वाईन काण्डको नामबाट बदनामी कमाएका प्रधानमन्त्री ओलीले सोही अनुसार ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि लिन लागेका छन् ।  एशिया प्यासिफिक नामक संस्थाको आयोजनामा देशमा ३ दिनसम्म सर्वसाधारणको सवारी साधन समेत बन्द गरेर अन्तराष्ट्रिय ईसाई संस्थाहरुको सम्मेलन गराएका ओलीले सोही सरह विवादित हुने गरी ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधिको […]

यार्सागुम्बा संकलन गर्न डोल्पाका पाटनमा पुगे हजारौ मानिस, प्रवेश शुल्कबाटै उठ्यो २ करोड राजश्व

काठमाडाैँ, १५ जेठ । यस सिजन बहुमुल्य जडिबुटी यार्सागुम्बाकाे संकलन सुरु भएकाे छ । सिजन सुरु भएसँगै डाेल्पासँगै विभिन्न हिमाली जिल्लाका लेकहरुमा मानिसहरु पुगेका छन् । यसैबीच डोल्पाका पाटनमा पनि हजाराै मानिस पुगेका छन् । मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिएपछि डाेल्पा र छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु त्यस क्षेत्रमा पुगेका हुन् । डाेल्पाकाे प्यारी गुफा, […]

४३४ कैदीलाई गणतन्त्र दिवसका अवसरमा माफी दिइयो

काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन्। माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता […]