काठमाडौं । अनौठो रोगबाट पीडित छोराको उपचारका लागि भन्दै एक आमाले आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । कालिकोटको रास्कोट नगरपालिका वडा नं.८ निवासी मन्जु धमलाले अनौठो रोगबाट पीडित छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरेको हुन । आर्थिक अवस्था कमजोर भएका कारण १२ वर्षिया छोरा विवेक धमलाको मन्जुले उपचार गर्न सकेकी छैनन […]
Author: Nonstop Khabar
वेस्ट इन्डिजको विजयी शुरुवात, पाकिस्तानको लजास्पद हार
पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। विश्वकपको उद्घाटन खेलमा हिजो इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। ट्रेन्ट ब्रिजमा टस हारेर ब्याटिंग गर्ने क्रममा पाकिस्तान १०५ रनमै समेटिन पुगेपछि १०६ रनको लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमै भेट्यो। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेलले अर्धशतकिय इनिंग खेले। […]
सरकारको नेतृत्व परिवर्तन हुन्छ : बामदेव
प्युठान, १७ जेठ । केपी ओली नेतृत्वको सरकारप्रति नेकपा भित्रै असन्तुष्टी देखिएको छ । नेकपाका सचिवालय सदस्य वामेदव गौतमले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व छोड्नुपर्ने बताएका छन । शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले पूर्व सहमतिअनुसार पार्टी र सरकार सञ्चालन हुनेपर्नेमा जोड दिए । ” अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले […]
विप्लवका छोरा भन्छन: आँखै अगाडि साथीहरु रक्ताम्मे भएर ढले, बुवा मरेको चिठ्ठी आयो
तपाईँले डाक्टरी किन पढ्नु भएको ? यो धेरै पुरानो र पहिलेको कुरासँग जोडिएको छ । बाल्यकालसँग पनि जोडीएको छ । १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ । त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदानी र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षति । यिनै विषयले मलाई कता कता […]
सुनको भाउ आज प्रतितोला १५ सयका दरले वृदि
काठमाडौ १७ जेठ । आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ। तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार […]
प्रदेश नं ५ मा औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक
काठमाडौ १७ जेठ । प्रदेश ५ मा औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ। कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक […]
पथलैयामा यात्रुबाहक बसमा लुटपाट
वीरगञ्ज । बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको एक यात्रुबाहक बसमा शुक्रबार बिहान लुटपाट भएको छ । जलेश्वरबाट काठमाडौँ गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा लुटेराहरुको एक समूहले बिहान ३ बजेतिर लुटपाट गरेको हो । पथलैया निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिकै मोटरसाइकल चढेर आएको ४÷५ जनाको समूहले बसमा लुटपाट गरेको ईलाका […]
गर्मीका कारण घरको छतमा सुतेका डिसीको राति खसेर मृत्यु
दाङ । दाङमा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुर सञ्चार टोल निवासी ३३ वर्षीय किशोर डिसीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । अत्याधिक गर्मी भएका कारण डिसी घरको छतमा सुत्दै आएका थिए । बेलुका खाना खाएर छतमा सुत्न गएका […]
पूर्वराजा ज्ञानेन्द्रका व्यापारिक साझेदारको अमेरिकामा मृत्यु
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयाेर्कमा निधन भएको छ। एक वर्षदेखि न्युयाेर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतहरूले पुष्टि गरेका छन्। राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ। ८४ वर्षीय राणा ढाडको विरामी थिए […]










