काठमाडाैं । भारतीय कांग्रेसका अध्यक्षले एकाएक राजिनामा दिएपछि पार्टीमा हल्लीखल्ली मच्चिएकाे छ । कांग्रेस अाइका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले चार पृष्ठको खुलापत्र लेखेर राजिनामा दिएका हुन् । चारपृष्ठकाे राजिनामा पत्रमा आफ्ना भनाइहरु राख्दै गान्धीले लोकसभा निर्वाचनमा पार्टीले पाएको हारको जिम्मेवारी आफूले लिने बताएका छन्। […]
Author: Nonstop Khabar
विद्यार्थी नेता मल्लको मृगौला प्रत्यारोपण सफल
काठमाडौँ । दुबै मृगौला फेल भएर उपचारको प्रक्रियामा रहेका जाजरकोटका युवा नेता कालीबहादुर मल्लको मृगौला प्रत्यरोपण सफल भएको छ । राजधानीको भक्तपुरस्थित मृगौला प्रत्यरोपण केन्द्रमा मल्लको मृगौला प्रत्यारोपण गरिएको हो । डा. पुकार श्रेष्ठसहितको टिमले मल्लको मृगौला प्रत्यारोपण गरेको हो । विद्यार्थी राजनीतिमा स्थापित व्यक्तित्व बनाएका मल्ल एकवर्षदेखि उपचारको क्रममा रहेका थिए । उनकी साहिली […]
दुवइबाट फर्केकै दिन युवति लिएर नयाँ बसपार्कको होटेलमा बसेका युवक मृत फेला
काठमाडौं, १८ असार । काठमाडाैंकाे बालाजुस्थित नयाँ बसपार्क नजिक हाेटेलमा एक युवक मृत फेला परेका छन् । मृत्यु हुने युवक काभ्रेका २६ वर्षीय प्रमाेद गुरुङ हुन । उनी नयाँ बसपार्ककाे शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् । केही दिन अघि मात्र दुवइबाट नेपाल फर्केका गुरुङ एक युवतीसँगै उक्त हाेटलमा केही दिन […]
दाइजो माग्न ससुराली पुगेका ज्वाइ रुखमा बाँधेर कुटिए
काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ । […]
पत्रकार सम्मेलनबाटै देवकोटा पक्राउ
धनगढी, १८ असार । पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले कैलालीका अशाेकराज देवकाेटालाइ पक्राउ गरेकाे छ । देवकाेटा कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन । उनलाइ बुधबार बिहान अत्तरियामा रहेकाे उद्योग वाणिज्य संघको कार्यालयबाटै पक्राउ गरिएकाे हाे । उनकाे कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । देवकोटासहित […]
बाघको जुँगा उखेलेको आरोपमा एक युवकलाई ५ लाख जरिवाना
बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ। बर्दिया जिल्ला अदालतले हालै गरेको फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ। उनलाई बाघ […]
एसईई ग्रेड सुधारका लागि मौका परीक्षाको तालिका आयो
भक्तपुर, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]
भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने
भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने भएको छ । नगरपालिकाले कानुन नै बनाएर यातायात सन्चालनको तयारी गरेको हो । भक्तपुर नगर क्षेत्रमा छोटो दुरीको सवारी साधन नहुँदा स्थानीयले सास्ती भोग्नुपरेपछि नगरपालिकाले छोटो दुरीको हलुका सवारी साधन सन्चालन गर्न लागेको बताइएको छ । चालु पाँचौं नगरसभाबाट भक्तपुर नगरपालिकाको सवारी दर्ता तथा […]
आइफाका नाममा कलंकको टिका नलगाइयोस्
आदरणीय केशव दाई, नमस्कार। तपाईँलाई सम्बोधन गरेर यो पत्र लेखिरहँदा म केहि वर्ष पछाडि फर्किएको पनि छु। सम्बोधनमा दाई भनेर अपनत्व देखाउन खोजे पनि यो पत्र मैले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको कुर्सीमा विराजमान तपाई केशव भट्टराईलाई नै लेखेको हुँ। व्यक्तिगत रूपले तपाईंले मलाई चिन्नु हुन्छ या चिन्नु हुन्न,म त्यो प्रश्नको उत्तर खोजेर अहिले उठाउन […]
चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा
काठमाडाैं । मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले चिनलाई १० विकेटको विशाल अन्तरले पराजित गरेको छ। जितसँगै नेपाल प्रतियोगिताको सेमीफाइनल पनि प्रवेश गरेको छ। चिनले पहिलो खेलमा सिंगापुरसँग हार बेहोरेको हुँदा जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। १/१ जित हात पारेको सिंगापुर र नेपाल समुह ‘ए’ बाट सेमीफाइनल […]











