दाइजो माग्न ससुराली पुगेका ज्वाइ रुखमा बाँधेर कुटिए

काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो ।

सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ ।

यसबारेमा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाइले बानी नसुधारेकोले कुटपिट गरेको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।

Loading...