काठमाडौं, ५ साउन । छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् । छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए । उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । […]
Author: Nonstop Khabar
अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ
काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ । भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु […]
पार्किङका लागि ब्याक गर्दा जिपले किचेर आफ्नै छोरा मारिए
बागलुङ, ५ साउन । बागलुङमा जिपले किचेर सात वर्षीय बालकको ज्यान गएकाे छ । बागलुङ काठेखोला गाउँपालिका–१ मनाङडाँमा ग१ज ७१८१ नंम्बरको जिपले किच्दा चालक शशीलाल थापाको आफ्नै ७ वर्षीय छोरा सलिन थापाको मृत्यु भएको हो । शनिवार राति पार्किङका लागि जिप ब्याक गर्दा आफ्नै छोरालाई किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बागलुङ […]
दिपायल विमानस्थलको कालोपत्रको काम शुरु
डोटी, ५ साउन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् […]
महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने
काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको […]
जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी
उदयपुर, ५ साउन । जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी भएका छन् । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका हुन् । त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु […]
भूकम्पबाट क्षति भएका तेह्र हजार घर निर्माण
हेटौँडा, ५ साउन । मकवानपुर जिल्लामा महाभूकम्पबाट क्षति भएका भवन संरचनामध्ये १३ हजार ७० वटा घरको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका अनुसार मकवानपुरमा हालसम्म पहिचान भएका ३४ हजार ३०० लाभग्राहीमध्ये १३ हजार ७० वटा घर पुनःनिर्माण भइसकेको छ । भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइद्वारा उपलब्ध तथ्याङ्कमा सो उल्लेख गरिएको छ । […]
दुई गाउँ जोड्ने पुल बनेपछि छोटियो यात्रा
बलेवा, ५ साउन । चिप्लेटी खोलाले बनाएको गल्छीमा उकालीओराली गर्दै वषौंँदेखि यात्रा गर्दै आएका बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका दुई गाउँका स्थानीयवासीलाई झोलुङ्गे पुल बनेपछि सहज भएको छ । दुई गाउँबीच आउजाउ गर्न कठिनाइ भएपछि स्थानीयवासीको सक्रियतामा चिप्लेटी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो । गलकोट नगरपालिका–१० पाण्डवखानीको चिप्लेटीदेखि बडीगाड गाउँपालिका–३ सिसाखानी जोड्ने ठूलो […]
शिक्षक लाईसेन्स परीक्षा तयारी गरिरहेकाहरुका लागि सामाजिक विषयको पाठ्यक्रम
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर […]
पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु
कास्की, ५ साउन । नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो । विसं २०६० मा सडकको ट्र्याक […]










