आफैले बोकेको बम बिस्फोटमा परी सात जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७ः४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए […]

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौँ, ४ साउन । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको […]

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ, ५ साउन । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिए । […]

सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्ति सुरु

काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट विकास क्षेत्रका आधारमा छनोट गरेका शिक्षकलाई जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जिल्लागत नामावलीसहित पदस्थापनाप्रक्रिया अघि बढाउन केन्द्रले एकाइलाई निर्देशन […]

वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई

भीमदत्तनगर, ५ साउन । स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर भुन्टुले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं। १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक ७० वर्ष माथिका र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका […]

छोटो जामाले चर्चा र विवादमा तानिएकी ज्योति मगर मैथली गीततिर जम्दै

काठमाडौं । छोटो जामा र उत्तेजक प्रस्तुतिका कारण चर्चा र विवादमा रहने गरेकी गायिका ज्योति मगर मैथिली गीतमा पनि देखिएकी छन् । ज्योति मगर र गायक रुद्रसेन विश्वकर्माले स्वर दिएको मैथिली गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ। ‘कानोमे आँहाके झुम्का’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गयक विश्वकर्माको शब्द र संगीत रहेको गीतको एरेन्ज […]

कतै तपाईलाई गम्भीर रोगले च्याप्दै त छैन: क्लोस्ट्रोल के हो ? क्लोस्ट्रोल भएको कसरी थाहा पाउने ?

काठमाडाैं । पछिल्लो समय हाम्रो खानपीन र जिवनशैलीका कारण हृदयघात जस्ता प्राणघातक रोग बढ्दै छन् । शरीरमा प्रवाह हुने रगतमा देखिने खराब बोसो, जसलाई क्लोस्टोलको नामले चिनिन्छ र यसको मुख्य काम भनेको ह्रृदयघात बनाउनु हो । मानिसको अकालमा ज्यान जान सक्ने रगतमा हुने खराब बोसोलाई बेलैमा पहिचान गराउन सकियो भने हृदयघातबाट बच्न सकिने सम्भावना हुन्छ […]

जहाज चार्टर गरेर हुम्लाबाट शव नेपालगञ्ज पुर्याइयो

सिमकोट, ५ साउन । झुण्डिएर आत्महत्या गरेका स्वास्थ्यकर्मी भुवनेश्वर आचार्यको शव १ लाख ६० हजारमा हवाईजहाजमा रिजर्भ गरेर सिमकोटबाट नेपालगञ्ज लगिएको छ । मृतक आचार्यका छोरा शितल आचार्यसहितको टोलीले जहाज रिजर्भ गरेर शव लगेको हो । जिल्ला अस्पतालमा शनिबार शव परीक्षण गरेर आफन्तलाई बुझाइएको थियो । शुक्रबार राति आचार्यले डिभिजन वन कार्यालयको माथिल्लो तलामा पासो […]

विप्लवका प्रभावशाली नेता माइला लामालाई वेपत्ता पारेको परिवारको दावी

काठमाडौं । गएराति काठमाडौंको काँडाघारीबाट समातिएका भनिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाइ वेपत्ता पारिएको परिवारका सदस्यले जनाएका छन् । मध्यराति ठूलो संख्यामा प्रहरीले काठमाडौंको काँडाघारीमा उनी बसेको घर घेरा हालेर उनलाइ पक्राउ गरिएको बताइएको छ । तर, अहिलेसम्म उनलाइ कहाँ राखिएको छ भन्ने बारे प्रहरीले कुनै जानकारी दिन नमानेको पारिवारिक स्रोतको दावी छ […]

बेपत्ता भएको ९१ वर्षपछि काजकीरिया !

काभ्रेपलाञ्चोक, ५ साउन । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । जन्मले १०० वर्ष पुगेका नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ । सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार […]