गलकोट, १० साउन । बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका […]
Author: Nonstop Khabar
तनहुँमा सिँचाइबाट तीन हजार लाभान्वित
तनहुँ, १० साउन । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन […]
गाँजाको विकल्प दिँदै जनप्रतिनिधि
चितवन, १० साउन । जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन् । तीनै तस्करले गाँजा लगाउन, गोडमेल गर्न, थन्काउन र ढुवानीका लागि उनीहरुलाई […]
नमोबुद्धद्वारा आफ्नो नगर क्षेत्रका इँटा उद्योग हटाउन निर्देशन
काभे्रपलाञ्चोक, १० साउन । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार […]
चौतारामा बहुप्राविधिक शिक्षालय स्थापना
मेलम्ची, १० साउन । प्राविधिक शिक्षा आर्जन गर्न विभिन्न प्रविधिक शिक्षालय धाउन बाध्य चौतारा साँगाचोकगढी नगरपालिकालगायत आसपासका विद्यार्थीलाई अब अन्त धाउन नपर्ने भएको छ । जनयुद्धका शहीद कमल शर्मा ९दिनेश० र गोविन्द बजगाईं ९रामजी० को नामबाट चौतारामै दिनेश–रामजी स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएपछि विद्यार्थी यस्ताखाले झन्झटबाट मुक्त भएका हुन् । आफ्नै क्षेत्रमा आफ्नै घरको रुखोपिठो […]
दोर्दीको बाढीले पु¥याएको क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
कास्की, १० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै उनले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा […]
कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह जाग्यो
बाजुरा, १० साउन । दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् । बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक […]
फरार अभियुक्तलाई प्रहरीले गर्यो पक्राउ
मुग्लिन, १० साउन । चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको […]
विपन्न १०० परिवारको घर बनाउँदै कालिका नगरपालिका
चितवन, १० साउन । पहाडदेखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि १०० घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ । वर्षात् सकिएसँगै […]
फुटबल खेलाडी ओजिलले चक्कुधारी चोरसँग फाइट खेलेर जोगाए ज्यान र कार (भिडियोसहित)
काठमाडौं । जर्मनीका चर्चित फुटबल खेलाडी मेसुट ओजिल र सिड कोलासिनाकले चक्कु बोकेका चोरसँग फाइट गरेको भिडियो भाइरल बनेको छ । ओजिल र कोलासिनाक दुबै जना इग्लिस क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । आर्सनलका स्टार खेलाडी ओजिल र कोलासिनाक लन्डनमा चढेको कार दुई जना चक्कुधारी चोरले र्चो प्रयास गरेका थिए । चोरले कारमा चढिरहेका […]











