प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

हेटौँडा, १० साउन । प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था […]

धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा

खोटाङ, १० साउन । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा जीर्णोद्वारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सङ्घीय सरकार र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त ८२ लाखको लगानीमा जीर्णोद्वार थालिएको हो । धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध हलेसीमा पुरानो संरचनामा असर नपुग्ने गरी जीर्णोद्वार शुरु गरिएको हलेसी विकास […]

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

बेत्रावती, १० साउन । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकि र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए । बच्चा […]

पूर्वमन्त्री सिंहको निधन

लहान, १० साउन । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा […]

सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी

कास्की, १० साउन । नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक०सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल […]

बालश्रम रोक्न दलको प्रतिबद्धता

डोटी, १० साउन । जिल्लामा रहेका विभिन्न राजनीतिक दलले बालश्रम रोक्न दिपायल सिलगढी नगरपालिकालाई सघाउने भएका छन् । बालश्रम अन्त्यका लागि लामो समयदेखि अभियान चलाउँदै आएको उक्त नगरपालिकालाई सहयोग पु¥याउन यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन् । नगरपालिकाले दलहरुसँग बालश्रमविरुद्ध लड्न आयोजना गरेको बैठकमा सहभागी नेताले बालश्रम राख्ने तथा हटाउन नमान्नेविरुद्ध कानूनी प्रक्रियाअनुसार अघि बढ्न […]

व्यवसायीको बन्धकमा अन्तराष्ट्रिय विमानस्थल, ठूलाठूला नेतादेखि व्यापारीको अनौठा चलखेल

प्रधानमन्त्री केपी शर्मा ओलीले २६ मंसीर २०७५ मा प्रधानमन्त्री कार्यालयको सहयोगमा उत्पादित तथा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा घोषणा गरे, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता झल्कने, आधुनिकता टल्कने बुटिक एअरपोर्ट बनाइनेछ ।” तर, प्रधानमन्त्रीको यो घोषणालाई विमानस्थल (टीआईए) को अग्रभागमा निर्मित पाँचतले भवनले गिज्याइरहे झै लाग्थ्यो । त्यो किन पनि भने, प्रमको घोषणा अघि […]

समुदायबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाइँदै

काठमाडौँ, १० साउन । काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ । डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो । घरमा काम नलाग्ने सबै कुरा स्थानीयवासीले फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन थालिएको कामपाका […]

संघियता लागु भैसक्दा पनि इलाका प्रशासन, मालपोत र नापी कार्यालय माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता

बागलुङ, १० साउन । जिल्लाको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै जनप्रतिनिधिसहितको सर्वदलीय टोली काठमाडौँ पुगेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थाप र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याललाई भेट गरी मागपत्र बुझाइएको टोलीमा सहभागी ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । “गृहमन्त्री सकारात्मक हुनुहुन्छ, आफ्नो ठाउँबाट पहल लिन्छु […]

राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन

फिदिम, १० साउन । पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन […]