थाइल्याण्डका नागरिकद्वारा बालबालिकालाई साइकल

सुरुङ्गा, ११ साउन । अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा, गङ्गा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई साइकल प्रदान गरिएको छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई साइकलसँगै शैक्षिक सामग्री र खाद्यान्नसमेत प्रदान गरिएको हो । थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा प्रदेश नं १ […]

सभापति देउवाले गरे “मान्छेका कथाहरु” विमोचन

काठमाडौँ, ११ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उनले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित […]

विजयपुरमा बेलिब्रिजबाट यातायात सञ्चालन

कास्की, ११ साउन । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवतजावत रोक लगाइएकामा आज साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी […]

नेपाल र सिंगापुर बीच अघोषित फाइनल, पछिल्लो ३ खेलमा यस्तो छ हेड टु हेड नतिजा

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आइतबार नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ। सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर […]

टान नेतृत्वलाई दौडधुप

काठमाडौँ, ११ साउन । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप बढेको छ । निर्वाचन आउन एक महीनाअघिनै टान अध्यक्षका लागि चार व्यवसायीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । टानका वर्तमान प्रथम उपाध्यक्ष खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्ष नीलहरि बाँस्तोला, पूर्व महासविच मोहन लम्साल र […]

पुँजीगत लाभ कर गणना विधिबाट लगानीकर्ता असन्तुष्ट

खस्यौली, ११ साउन । पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी) ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन् । सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ । सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई […]

सडक हस्तान्तरण गरेर फर्किदै सेना

जाजरकोट, ११ साउन । डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै सेनाले फर्किन शुरु गरेको छ । करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पूरा भएको भन्दै फर्कन शुरु गरेको हो । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सल्यानको सल्लीबजारबाट जाजरकोटसम्म सेनाले निर्माण गरेको […]

तीजको भड्किलो रोक्न प्रशासनको सूचना

चिप्लेढुङ्गा, ११ साउन । हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ । केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य […]

नापीको विवरण सार्वजनिक

रसुवा, ११ साउन । गत आर्थिक वर्षमा नापी कार्यालयले गरेका जग्गा जमीनका कित्ताकाट सम्बन्धी विवरण पहिलो पटक सार्वजनिक गरिएको छ । नापी कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा खरीद बिक्री भएका जग्गा जमीनमध्ये ३२१ कित्ताकाट भएका छन् । सरकारको पारदर्शी नीतिलाई अनुशरण गर्दै वर्ष दिनसम्मको कार्यप्रगति आम नागरिकलाई जानकारी गराउन सार्वजनिक गरिएको नापी प्रमुख ध्रुव […]

चीनमा निजी विद्यालय बढे

बेइजिङ, ११ साउन। चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ । सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन् । देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ । चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको […]