भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताएका छन् । मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई आज काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताएका हुन् […]

दुरुपयोग जोगाउन सडक मर्मत कोष

बलेवा, ११ साउन । बागलुङको जैमिनी नगरपालिकाको सबै वडामा बाह्ैमहीना सवारीसाधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ । अघिल्ला वर्ष विनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको हो । अघिल्ला दुई वर्ष वडामा गएको बजेट र नगरको विकास बजेटको ३० प्रतिशत सही तरिकाले प्रयोग नभएकाले कार्यविधि बनाएर […]

गोकर्णस्थित नेपाल ट्रष्टको जग्गा समस्या समाधान हुने पोखरेलको दावी

काठमाडौँ, ११ साउन । गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ । ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको आज स्थलगत अनुगमन गरि केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “यहाँ आइपरेका समस्या […]

नदीमा हामफालेर युवती बेपत्ता

चितवन, ११ साउन । नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन् । उनी आज दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ […]

यतीको पाँचौँ एटीआर विमान भित्रियो

काठमाडौँ, ११ साउन । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने लक्ष्यका साथ यतीले विमान थपेको […]

पहिरोसंगै आएको ढुंगोले लाग्दा टाटासुमोमा सवार २ को मृत्यु

रसुवा, ११ साउन । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ […]

थाइल्याण्डका नागरिकद्वारा बालबालिकालाई साइकल

सुरुङ्गा, ११ साउन । अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा, गङ्गा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई साइकल प्रदान गरिएको छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई साइकलसँगै शैक्षिक सामग्री र खाद्यान्नसमेत प्रदान गरिएको हो । थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा प्रदेश नं १ […]

सभापति देउवाले गरे “मान्छेका कथाहरु” विमोचन

काठमाडौँ, ११ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उनले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित […]

विजयपुरमा बेलिब्रिजबाट यातायात सञ्चालन

कास्की, ११ साउन । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवतजावत रोक लगाइएकामा आज साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी […]

नेपाल र सिंगापुर बीच अघोषित फाइनल, पछिल्लो ३ खेलमा यस्तो छ हेड टु हेड नतिजा

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आइतबार नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ। सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर […]