पुँजीगत लाभ कर गणना विधिबाट लगानीकर्ता असन्तुष्ट

खस्यौली, ११ साउन । पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी) ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन् । सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ । सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई […]

सडक हस्तान्तरण गरेर फर्किदै सेना

जाजरकोट, ११ साउन । डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै सेनाले फर्किन शुरु गरेको छ । करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पूरा भएको भन्दै फर्कन शुरु गरेको हो । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सल्यानको सल्लीबजारबाट जाजरकोटसम्म सेनाले निर्माण गरेको […]

तीजको भड्किलो रोक्न प्रशासनको सूचना

चिप्लेढुङ्गा, ११ साउन । हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ । केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य […]

नापीको विवरण सार्वजनिक

रसुवा, ११ साउन । गत आर्थिक वर्षमा नापी कार्यालयले गरेका जग्गा जमीनका कित्ताकाट सम्बन्धी विवरण पहिलो पटक सार्वजनिक गरिएको छ । नापी कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा खरीद बिक्री भएका जग्गा जमीनमध्ये ३२१ कित्ताकाट भएका छन् । सरकारको पारदर्शी नीतिलाई अनुशरण गर्दै वर्ष दिनसम्मको कार्यप्रगति आम नागरिकलाई जानकारी गराउन सार्वजनिक गरिएको नापी प्रमुख ध्रुव […]

चीनमा निजी विद्यालय बढे

बेइजिङ, ११ साउन। चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ । सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन् । देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ । चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको […]

सैन्य कोषबाट मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाइने

वासिङटन, ११ साउन । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ । अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्प गर्नु भएको एक ट्वीटमा सीमा सुरक्षा र विधिको कानूनको ठूलो विजय भएको बताएका छन् । क्यालिफोर्नियाका एक […]

घाज्नी प्रान्तमा कारबम विस्फोट तीनको मृत्यु बाह्र घाइते

११ साउन। अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन् । प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरे । प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने […]

भूकम्पका कारण फिलिपिन्समा आठ जनाको मृत्यु

मनिला, ११ साउन । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन् । बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिसहरू घरभित्रै […]

आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण

डोटी, ११ साउन । जिल्लामा पछिल्लो समय आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ काट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरु पाल्नुभन्दा खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर […]

नक्सापासमा छुट दिने व्यवस्था हट्यो

दमौली, ११ साउन । तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो । बन्दीपुर संरक्षित उपक्षेत्रमा निर्माण हुने घरलाई नक्सापासमा दिइने गत […]