मनसुनी गतिविधि कमजोर बन्दै

काठमाडौँ, ११ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने […]

डुङ्गा चलाएर जीविकोपार्जन

लमही, ११ साउन । दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउने गर्थे । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउछन् । उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गरेका छन् । उनका […]

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

काठमाडौँ, ११ साउन । वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताए […]

प्रधानमन्त्रीद्वारा गङ्गालालमा नयाँ भवनको उद्घाटन

काठमाडौँ, ११ साउन । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा […]

११ कक्षामै कानूनको पढाई

काठमाडौँ, ११ साउन । संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद […]

नयाँ प्रविधिको तरकारी टनेल निर्माणले किसानलाई फाईदा

बेझाड, ११ साउन । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण गरिएको छ । पाल्पा जिल्लामै सबैभन्दा ठूलो उच्च क्षमताको मानिएको यो टनेल रामपुर नगरपालिकाले कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ, ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरेको […]

राष्ट्रिय जनमोर्चाले रोक्यो आफ्ना वडाध्यक्षको जापान भ्रमण

बागलुङ, ११ साउन । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लाग्नुभएका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो […]

सङ्गीतका सदावहार ‘वसन्त’

बागलुङ, ११ साउन । वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत/अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ । ‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । […]

सामाजिक सञ्जालबाटै अपराध बढ्दो, महिलाका लागि झनै असुरक्षित

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो । कथा २०७५ असारबाट शुरू […]

देशभर सवारीसाधन दुर्घटनामा वृद्धि

काठमाडौँ, ११ साउन । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए […]