बाँके, १२ साउन । बाँकेमा गर्मी र वर्षासँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । वर्षाको पानी सर्प बस्ने प्वालमा भरिएपछि बाहिर निस्कन थालेका सर्पको टोकाइ पनि बढेको छ । सर्पले डसेकाहरु नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने गरेका छन् । अस्पतालका चिकित्सक डा पारस पाण्डेका अनुसार, सर्पले डसेका दैनिक करीब १० देखि १२ जना […]
Author: Nonstop Khabar
बालमैत्री अभियानमा क्रियाशील बन्दै विद्यालयका बालबालिका
बाँके, १२ साउन । बालमैत्री गाउँपालिका निर्माणमा खजुरामा तदारुकता देखाइएको छ । बालमैत्री अभियानमा अग्रसर गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गर्दै अभियानलाई अघि बढाइरहेको छ । खजुरा गाउँपालिकाले लिएको बालमैत्री अभियानलाई साथ र सहयोग भने गाउँपालिकामा रहेका बाल क्लब तथा किशोरी क्लबहरुले साथ दिइरहेका छन् । उनीहरु यतिमात्र नभई बाल क्लब, किशोरी क्लब […]
प्रहरीको भेषमा जब तीन करोड डलर बराबरको सुन लुटियो
ब्राजिलमा बन्दुकधारीहरूले कम्तीमा तीन करोड डलर बराबरको ७५० किलोग्राम सुन लुटेका छन्। सन्दिग्धहरू प्रहरी अधिकारीहरूको पोशाकमा साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट सो परिमाणमा सुन लगेका हुन्। उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाइएको थियो। अपहरण केही विवरणहरूमा जनाइए अनुसार सुनबारे गोप्य जानकारी लिनका लागि सन्दिग्धहरूले विमानस्थलका एक वरिष्ठ […]
सत्यावती गाउँपालिका ३ का ४०० घर पहिरोको उच्च जोखिममा
गुल्मी ,११ साउन । गुल्मीको सत्यावती गाउँपालिका ३ ठूलोलुम्पेकका करिब ४०० घरहरु जोखिममा परेका छन्। सिङदीमा मंगलबार बिहान परेको अबिरल बर्षाका कारण पहिरो जाँदा गाउँनै जोखिममा परेको हो। अहिले त्यस ठाउँका जोखिममा रहेको ब्यक्तिलाई स्थानीय विद्यालयमा मेस संचालन गरी राखिएको छ। गाउँनै पहिरोको जोखिममा परेपछि अब विद्यालयमा बस्नु बाहेकको विकल्प नरहेको र आगामी दिनहरूमा के […]
आपत्कालीन फोन प्रहरीले बेवास्ता गरेपछि अपहरित किशोरी मारिइन्
रोमानियाका आन्तरिक मामिलामन्त्रीले एकजना किशोरीको हत्याको घटनालाई लिएर प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्। ती किशोरीले प्रहरीको आपत्कालीन टेलिफोन नम्बरमा फोन गरे पनि घण्टौँसम्म त्यसप्रति कारबाही अगाडि नबढाइको विवरणमा जनाइएको छ। पन्ध्र वर्षीया किशोरी बुधवार अपहरणमा परेकी थिइन्, तर अपहरित अवस्थामै उनले तीन पटक फोन गर्न भ्याइन् र आफूलाई राखिएको ठाउँबारे प्रहरी अधिकारीहरूलाई जानकारी गराइन्। किशोरीको […]
२६३ घरधुरी लालपुर्जाविहीन
दमौली, १२ साउन । तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन सङ्घर्ष समितिका संयोजक नेत्र रानाभाटले बताए । अव्यवस्थित […]
आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति
कावासोती, १२ साउन । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई पाँच करोड ८२ […]
वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट
डोटी, १२ साउन । जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा […]
पौडी पोखरीमा डुबेर काठमाडौँमा एकको मृत्यु
चितवन, १२ साउन । पौडी पोखरी ( स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् । काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको […]
दुर्घटनामा एकको मृत्यु
धादिङ, १२ साउन । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ । तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना […]










