कास्की, १२ साउन । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा रहेको ह्यान्डबल एकेडेमीको मैदानलाई स्तरोन्नति गर्नका लागि उपभोक्ता समिति गठन गरेर सागको तयारी शुरु भएको छ भने खेलाडीहरुको बन्द प्रशिक्षणलाई व्यवस्थित गर्न पनि समिति गठन गरिएको […]
Author: Nonstop Khabar
कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प
खलङ्गा, १२ साउन । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ […]
पाल्पामा नसर्ने रोगका बिरामी बढ्दै
बेझाड, १२ साउन । पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सरसम्बन्धी रोगका बिरामी बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७३÷०७४ मा ५० प्रतिशत, ०७४÷०७५ मा ६० प्रतिशत र २०७५÷०७६ मा ६६ प्रतिशत नसर्ने रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी […]
महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने
चिप्लेढुङ्गा, १२ साउन, गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । भेलामा औद्योगिक व्यवसाय […]
बाढीले डुब्याे मुम्बई, बाढीमा डुबेको रेलबाट १५ घन्टापछि गरियो उद्धार
लगातारको वर्षाका कारण भारतीय सहर मुम्बईका कतिपय स्थान जलमग्न भएका छन् । विगत २४ घण्टामा भएको भीषण वर्षाले स्थिति असामान्य बनेको अधिकारीहरुले जनाएका छन् । लगातारको वर्षापछि नदीहरूको जलस्तर बढा मुम्बई आसपासका बदलापुर, उल्हासनगर, वांगणी क्षेत्रका अधिकांश भाग डुबेका छन् । त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेल सेवामात्र अवरुद्ध भएको छैन दर्जनौं उडानहरु पनि स्थगित गरिएको […]
चिकित्सकको लाइसेन्स परीक्षामा २२प्रतिशत अनुत्तीर्ण
काठमाडौँ, १२ साउन । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले […]
जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै
भक्तपुर, १२ साउन, आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त […]
गौतम बुद्ध रङ्गशाला निर्माणका लागि कर्मचारी र जनप्रतिनिधिले गरे यति ठुलो सहयोग
रत्ननगर, १२ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिन । महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन […]
सूचना सार्वजनिक गर्दा समेत डेढ लाखले लाइसेन्स लिन आएनन्
काठमाडौँ, १२ साउन । धेरैलाई समयमै सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसकेपछि आलोचना खेपिरहेको यातायात व्यवस्था विभागले कतिपय सेवाग्राहीको लाइसेन्स तयारी भइसके पनि लिन नआएको बताएको छ । विभागका अनुसार प्रिन्ट गर्न बाँकी लाइसेन्समध्ये करिब डेढ लाख लाइसेन्स प्रिन्ट गरी तयार गरेको छ तर सेवाग्राही आएका छैनन् । एक महिना अघिदेखि डेढ लाख […]
मिथिलामा मधुश्रावणीको रौनक उत्कर्षमा
बर्दिवास, १२ साउन ।महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । गत सोमबार शुरु भएको यो पर्व अब आउने शनिबार सम्पन्न गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङ्गमा मस्त देखिन्छन् । साउन कृष्ण […]










