ललितपुरका पत्रकारलाई नि:शुल्क स्वास्थ्य शिविर

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा ललितपुरमा कार्यरत पत्रकारहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको हो। शिविरमा नसर्ने रोग, मधुमेह (सुगर), रक्तचाप (प्रेसर), मुटु, मृगौला, दाँत, आँखा, स्त्रीरोग, CBC, RFT, […]

११ डिआइजीको सरुवा, हेर्नुस् को कहाँ

काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

आइतबार सार्वजनिक विदा

सरकारले आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार  मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले सार्वजनिक बिदा घोषणा गरिएको हो ।  काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौ, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता  रामचन्द्र तिवारीले पुष्टि  गरेका छन् । सार्वजनिक बिदा दिने निर्णय गरेको छ। “जेठ १८ गते आइतबार मछिन्द्रनाथको जात्रा […]

जन आदर्शमा पहिलो क्याम्पस सभा, जोशीको अध्यक्षतामा ब्यवस्थापन समिति

दीपक श्रेष्ठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-४ मा जनस्तरबाट स्थापित जन आदर्श क्याम्पसको पहिलो क्याम्पस सभाबाट ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्षतामा तारामान जोशी चयन भएका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको हो । समिति सदस्यहरूमा बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र […]

बागमती प्रदेशका प्रत्येक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था बनाइने, हेर्नुस् नीति तथा कार्यक्रम

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यतः कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार बिकासमा जोड दिइएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमले आम नागरिकलाई […]

भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप

भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]

पाकिस्तान राजदूतावासको निबन्ध र वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

काठमाडौँ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गरेको १२ औं निबन्ध लेखन प्रतियोगिता तथा ८औँ वार्षिक वक्तृत्वकला प्रतियोगितामा बिजेताहरुलाई बिहीबार पुरस्कार बितरण गरिएको छ । कार्यक्रममा मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए । यस वर्षको निबन्ध प्रतियोगिताको विषय “कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्य” रहेको थियो। उक्त प्रतियोगितामा विश्व निकेतन […]

हेर्नुस् बजेटको पूर्णपाठ

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा साे बजेट प्रस्तुत गरेका हुन् । तलको लिङ्कमा हेर्नुस् बजेटको पूर्णपाठ बजेट २०८२/८३

बढेन कर्मचारीको तलब, महँगी भत्तामा भने वृद्धि

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि रास्ट्रसेवक कर्मचारीको तलब यथावत राखेको छ ।  सदनमा १९ खर्ब बढीको बजेट सार्वजनिक गरिरहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको चापका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको बताएका छन्। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले राष्ट्रसेवकको तलब […]

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । उनले नेपालको संविधानको धारा ११९ बमोजिम आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहे अनुरुप बजेट सार्वजनिक गरेका हुन् । बजेट १९ खर्ब […]