पाल्पा, १६ साउन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ ।सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल यस […]
Author: Nonstop Khabar
दुई दर्जन एनसेल टावरमा आगजनी
काठमाडौँ, १६ साउन । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको […]
भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध
काठमाडौँ, १६ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताए । उनले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी […]
मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी
बाँके, १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र […]
पहिरो र बाढीको कारण करोडौँ मूल्यको आलु कुहियो
गाईघाट, १६ साउन । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार […]
नदीले बगाउँदा विद्यार्थी बेपत्ता
मेलम्ची, १६ साउन । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् […]
महानगरपालिका बनाउन ढिलाइ
नेपालगञ्ज, १६ साउन । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ । “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो । केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने। महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसङ्ख्यालगायतका आवश्यक विषयमा छलफल भने भइरहेको उनले बताए। महानगरपालिकाको सम्भाव्यता […]
रेविजविरुद्ध भ्याक्सिन सेवा
काभे्रपलाञ्चोक, १६ साउन । नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको […]
ओझेलमा कठबेरुवा झरना
घोराही, १६ साउन । दाङको राजपुर गाउँपालिका–१ मटेरिया पूर्व–पश्चिम राजमार्गदेखि करीब तीन किलोमिटर दक्षिण अवस्थित कठबेरुवा झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा उक्त झरना ओझेलमा परेको छ । पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके समग्र राजपुरको विकास हुने राजपुर गाउँपालिका–१ का वडाध्यक्ष विष्णु बुढाले बताए । उनले यस […]
छुट्टाछुट्टै दुर्घटनामा घटनामा दुईको मृत्यु
भक्तपुर, १६ साउन । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गाडी सडकबाट करीब पाँच मिटर तल […]










