सवारि दुर्घटनामा वृद्धि

दाङ १७ साउन । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा १०४ को मृत्यु २३३ को अवस्था नाजुक र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए । उनका अनुसार ती दुर्घटनामा २५१ […]

सुनको मूल्य अहिलेसम्मकै महङ्गो

काठमाडौँ, १७ साउन । सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुनको मुल्य शुक्रबार आठ सय रुपैयाँले बढेर ६५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै महँगो मूल्य हो । बिहीबार छापावाला सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा […]

साउनभित्र पार्टी एकता टुङ्गिन्छ

चितवन, १७ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउए छन । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए। एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले […]

लोकबाजा जोगाउँदै जैमिनी सङ्कीर्तन

गलकोट, १७ साउन । बागलुङ जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी सङ्कीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ । वर्षेनी युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा यहाँको सङ्कीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो । सङ्कीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा लोकबाजा हराउन […]

तीन वर्षकी बालिका चोरेर बलात्कार, रुन थालेपछि रेटियो घाँटी

काठमाडौँ, १७ साउन । भारतको झारखखण्डमा एक तीन वर्षकी बालिकालाई रेल्वे स्टेशनबाट अपहरण गरी बलात्कार गरेर हत्या भएको घटना सार्वजनिक भएको छ । २५ जुलाइमा टाटानगर रेल्वे स्टेशनबाट अपहरणमा परेकी बालिकालाई अपहरणपछि बलात्कार गर्ने क्रममा रुन थालेपछि घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । २५ जुलाईको राती टेल्को निवासी रिंकु साहूले टाटानगर रेलवे स्टेशनबाट […]

काठमाडौ‌मा एकाबिहानै भयानक दुर्घटना, अग्लो ढिस्को काटेर फोहोर बोक्ने गाडी ट्याक्सीमाथि खस्यो

काठमाडाैं, १७ साउन । काठमाडौं महानगरपालिकाको फोहोर बाेक्ने गाडीले शुक्रबार बिहान सिफलचौरमा भयानक दुर्घटना गराएको छ । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने बा १ ग २२९८ नम्बरको गाडी जयवागेश्वरी मन्दिरबाट भण्डारखालको जंगल सकिएलगत्तै मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर अर्को साइडको बाटोमा पार्किङमा रहेका ट्याक्सीमाथि चढेको हो। रक्सी खाएका चालकले गाडी हुँक्याइँदा गम्भीर दुर्घटना भएको […]

न्यून चापीय रेखा नेपालतर्फ सर्न थालेपछि मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी

काठमाडौं, १७ साउन। मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ। महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन […]

सिसी क्यामेराको एउटा फुटेजले पक्राउ परे गगन

सुर्खेत, १७ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत […]

मेस्सी र रोनाल्डो फिफा अवार्ड का लागि उत्कृष्ट १० मा, परेनन नेइमार

काठमाडाै‌ं । फिफा अवार्ड २०१९को मनोनयन सार्वजनिक भएको छ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना उत्कृष्ट १० मा परेका छन् । तर दाबेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेइमार उत्कृष्ट १० मा अटाएका छैनन् । फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो । पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी […]

टिपर चालकसँग घुस लिँदै गरेका प्रहरीलाइ सडकमै समात्यो अख्तियारले

काभ्रे, १७ साउन । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा […]