ठूलीभेरीले तीन घर बगायो

रुकुमपश्चिम, २० साउन । आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ […]

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन

मुग्लिन, २० साउन । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ । सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो । वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता […]

चार किलो सुनसहित चिनियाँ पक्राउ

काठमाडौँ, २० साउन । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई […]

सरकारले तोकेको शिक्षक र कर्मचारीको नयाँ तलबमान यस्तो छ, हेर्नुहोस विस्तृत

काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]

टोकियोमा नेपाली पत्रकारहरुबीच अन्तरक्रिया, सहकार्यमा जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागिता रहेको थियो । पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय सदस्य […]

अर्थमन्त्री; कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ

काठमाडौँ, २० साउन । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन् ।आन्तरिक राजश्व विभागद्वारा आयोजित व्यवस्थापन गोष्ठीमा उनले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिए । अर्थमन्त्री खतिवडाले अहिले भएका सुधारबाट […]

राति गएको पहिरोमा परी तीनको मृत्यु

बागलुङ, २० साउन । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका […]

मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

काठमाडौँ, २० साउन । केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताए। हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा […]

बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला

सुरुङ्गा, २० साउन । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु […]