अध्ययनमा इन्टरनेटको उपयोग अत्यधिक

सूचना प्रविधिको विकाससँगै मानवको दैनिक जीवनमा परिर्वतनहरू आइरहेका छन् । यस्तो परिवर्तनलाई विद्यार्थी वर्गले अझ बढी सदुपयोग गर्न सक्छन् । अध्ययन वा अन्य कुनै पनि काम गर्ने पुरानो शैली परिवर्तन गरेर अझ बढी ज्ञान हासिल गर्न सकिन्छ ।

इन्टरनेटको प्रयोग सही तरिकाले गर्दा हामीले चाहेको हरेक कुरा सजिलै प्राप्त गर्न सक्छौँ ।
विद्यार्थीले अध्ययन गर्न गुगल प्लेस्टोर र एपस्टोरमा विभिन्न एप्लिकेसनहरू पाइन्छन् । ती एप्लिकेसन डाउनलोड गरी सही तरिकाले उपयोग गर्न सकेमा धेरै जानकारी हासिल गर्न सकिन्छ । यस्ता एप्लिकेसनहरू निःशुल्क रूपमा डाउनलोड गर्न सकिन्छ । जस्तै ः क्ष्भ्ीत्क् अध्ययन गरिरहेका विद्यार्थीले क्ष्भ्ीत्क् त्भकत एचभउबचबतष्यल नामक एप्स डाउनलोड गरी हरेक स्थानबाट अध्ययन गर्न सक्छन् । यस्तै गरी अन्य विभिन्न कुरा पढ्न मन लाग्यो भने पनि पैसा खर्च गरेर पुस्तक किन्नुपर्दैन ।

स्मार्टफोन त आजकल धेरैले प्रयोग गर्छन् । त्यस्तै कम्प्युटर, ल्यापटपमा पनि इन्टरनेटबाट एम्ँ फाइलहरू डाउनलोड गरेर मज्जाले पढ्न सकिन्छ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा मनोरञ्जनका लागि खर्च गरेको केही समय र पैसा कटाएर अध्ययनमा लगाउनु धेरै फाइदाजनक हुन्छ । सो समयमा न्ययनभि क्भबचअज गरी आवश्यक सामग्री तथा जिज्ञासाको समाधान पाउन सकिन्छ ।

गुगलले धेरै तरिकाबाट जिज्ञासाको समाधान गरिदिन्छ, जुन विश्वको विशिष्ट प्राध्यापकहरूबाट पनि पाउन कठिन हुन्छ । त्यसैले एउटा किताब र शिक्षकको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य गराएको छ । अझ भनौँ, कुनै पनि शीर्षकमा प्रस्ट हुन मन लाग्यो भने युट्युब प्रयोग गर्न सकिन्छ । युट्युबमा गीत, चलचित्र मात्र नभएर हरेक कुरा पढाएको÷सिकाएको भिडियो पनि सजिलै प्राप्त गर्न सकिन्छ ।

Loading...