किन गरिँदैछ लिङ्ग परिवर्तन

सुनिल बाबु पन्त । कुनै पनि लिङ्ग प्रत्यारोपण शल्यक्रिया गर्नु अगाडि, केवल व्यक्तिको होइन, उनको परिवारको पनि गहिरो मनोवैज्ञानिक र कानुनी परामर्श अनिवार्य हुनुपर्छ। विशेषगरी जब कुनै पुरुषले विवाह गरी श्रीमती र सन्तान भएको अवस्थामा लिङ्ग परिवर्तन गर्छन्, तब यो केवल व्यक्तिगत निर्णय मात्र हुँदैन—यसको असर पूरै परिवारमा पर्छ।   सबैभन्दा पहिले प्रश्न उठ्छ—पत्नीको के […]

प्रदेश सांसदका उम्मेदवारसहित महासचिवकै क्षेत्रबाट ८६ नेताकार्यकर्ताले त्यागे एमाले

दाङ । पार्टीभित्र असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास बढ्दै गएपछि सत्तारूढ दल नेकपा एमालेको महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र, दाङ–२ बाट एकैसाथ ८६ जनाले पार्टी परित्याग गरेका छन्। पार्टी छाड्नेहरूमध्ये अघिल्लो निर्वाचनमा दाङ–२(२) बाट उम्मेदवारी दिएका गिरिराज केसी पनि छन्, जो कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेसँग थोरैमात्र मतले पराजित भएका थिए। पार्टीको पूर्व प्रदेश कमिटी सदस्य […]

अहमदाबाद विमान दुर्घटना : यात्रीबाहेक थप २४ जनाको निधन

न्यूजकारखाना, काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ । विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एक जनाको जीवित उद्धार भएको पुष्टि गरिएको छ। दुर्घटनापछि […]

७ मतले पौडेललाई स्तब्ध पार्दै अनेरास्ववियु अध्यक्षमा कडरिया निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । गएराति सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । उनी जम्मा ७ मत बढी ल्याएर बिजयी भएका हुन् । जसअनुसार सुजनले ७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२५ मतमा सिमित भए । […]

प्रसाईं लगायत ७ लाई पुर्पक्षका लागि थुनामा पठाइयो, ३२ रिहा

काठमाडौ । चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोप लागेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति उक्त आदेश दिएको हो। प्रसाईका कानुन ब्यवसायी स्वागत नेपालले अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएपनि प्रसाईको क्यान्सर उपचारलाई ध्यानमा राख्दै सम्बन्धित […]

लन्डन हिडेको खुशी केहीछिनमै खोसियो, विमान दुर्घटनामा परिवारका पाँचैजना रहेनन्

काठमाडौ । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा लन्डन बस्न हिडेका डाक्टर पतिपत्नी र उनीहरूका ३ छोराछोरी सहित पाँचै जनाको ज्यान गएको भारतीय समाचार पोर्टल अमरउजालाले जनाएको छ । समाचार अनुसार राजस्थानको बाँसवाडा जिल्लामा बसोबास गर्ने जोशी परिवारले लन्डनको नयाँ यात्रा सुरु गर्न लाग्दा एक दर्दनाक विमान दुर्घटनाले उनीहरूको जीवन समाप्त गरिदिएको हो । अहमदाबादबाट लन्डन […]

अहमदाबाद विमान दुर्घटना : भारतका गृहमन्त्री अमित शाह घटनास्थल पुगे

काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्। उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने […]

मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]

मधेश प्रदेशका सांसद अख्तियारको फन्दामा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। सांसद विकास कोषको रकम अनियमित रूपमा खर्च गरी कमिसन बुझेको प्रमाण फेला परेपछि आयोगको टोलीले उनलाई बिहीबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो। यसअघि आयोगले सिंहका स्वकीय सचिवलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार, तीनजना पक्राउ

वीरगन्ज । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै कालोमोसो प्रहार गरिएको छ। पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका नेताकार्यकर्ताले इजलासमै पुगी कालोमोसो प्रहार गरेका हुन् । उक्त आक्रमण घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सोही पार्टीका सर्लाही […]