काठमाडौं, १ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थनमा अहिले देशभित्र र देशबाहिर व्यापक जनलहर देखा परेको छ । खासगरी सामाजिक सञ्जालमा सक्रिय रहेका धेरै युवाहरु उनको पक्षमा उर्लिएका छन् । देशभित्र उनलाई हिरासमा राखिएको चितवनमा सडकमै मानिसहरु उर्लेका छन् भने देशका अन्य विभिन्न जिल्ला र देश बाहिर रहेका लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा उनको […]
Author: Nonstop Khabar
शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले बहुविवाह मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । चलचित्र निर्माता छविराज ओझासँग चौथो श्रीमतीका रुपमा विवाह गरेकी शिल्पा र ओझाका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । […]
कश्मीर तनाव: ‘अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार’
भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ। पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ। विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न […]
काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार पक्राउ : सरकारी स्रोत
श्रीनगर, १ भदौ । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार पुगेको एक सरकारी अधिकारीले बताएका छन् । काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक […]
भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट
थिम्पु, १ साउन । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् […]
चार लाख राशीको मदन पुरस्कार पायो रणहार उपन्यासले, चार लाखकै अर्को पुरस्कार बैरागी काइलालाई
काठमाडौं, १ भदौ। नेपालको साहित्यिक क्षेत्रको सबैभन्दा ठूलो राशीको मदन पुरस्कार यस वर्ष योगेश राजले पाएका छन् । मदन पुरस्कार गुठीले आज गुठीले एक विज्ञप्ति जारी गर्दै योगेश राजको उपन्यास रणहारका लागि यस वर्षको मदन पुरस्कार दिएको घोषणा गरेको हो । यसैवर्ष गुठीले पुरस्कारको राशी पनि दोब्बर बनाएको छ । त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार […]
ठेक्का तोडिएपछि हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प
हेटौँडा, १ भदौ । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले […]
चालक अनुमतिपत्र लिन जानेलाई खुशिको खबर यातायात व्यवस्था विभागमा सहायता कक्ष शुरु
काठमाडौँ, १ भदौ । चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरु गरेको छ । चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा शुरु गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार दुई दिनपहिले शुरु भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा […]
शेयर बजार ः नेप्सेमा नौ अङ्कको ओरालो
काठमाडौँ, १ भदौ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको […]
सहकुलपतिको अधिकार ऐनमै किटान गर्न माग
काठमाडौँ, १ भदौ । प्रतिनिधिसभा, विधायन व्यवस्थापन समितिमा विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि भइरहेको दफावार छलफलमा सांसदहरुले विश्वविद्यालय सभा र दीक्षान्त समारोहमा मात्र होइन अरु बेला पनि कुलपतिको अनुपस्थितिमा सहउपकुलपतिले अधिकार प्रयोग गर्न सक्ने ऐनमै व्यवस्था गर्न सुझाव दिए । […]










