सिन्धुली-२ मा नेकपाबाट प्रचण्ड देखि नवयुवा विक्रम रत्नसम्मको उम्मेदवारी प्रस्ताव

सिन्धुली । सिन्धुली–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी प्रस्ताव गरिएको छ।

जिल्लामा प्रचण्डसँगै हरिबोल गजुरेल, राजन दाहाल, महेश्वर दाहाल, वसन्त माझी, प्रकाश श्रेष्ठ र पानीराज बम्जनका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा अघि सारिएका छन्।

तर, प्रचण्डबाहेक अन्य नाममध्ये कसलाई अन्तिम रूपमा प्राथमिकता दिने भन्ने विषयमा जिल्ला पार्टीभित्र अझै स्पष्ट सहमति जुट्न सकेको छैन। यसले सिन्धुली–२ मा उम्मेदवार छनोट प्रक्रिया अन्योलपूर्ण बनेको छ।

यता, नेपाली नेपाली कम्युनिस्ट पार्टीको विशेष प्रदेश अन्तर्गतको सञ्चार-सांस्कृतिक महाशाखा(पार्टी जिल्ला कमिटी) ले भने सो क्षेत्रमा एकमतका साथ नवयुवा पत्रकार विक्रम रत्नलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

मुलधारका सञ्चारमाध्यममा आवद्ध रहँदै काठमाडौंमा विगत एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका रत्नलाई नव युवापुस्ताको प्रतिनिधिका रूपमा अघि सारिएको सञ्चार-सांस्कृतिक महाशाखा इन्चार्ज निर्मल ज्ञवालीले जनाएका छन् ।

राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको र त्यसका निम्ति उम्मेदवारीमा सशक्त दावेदारी रहने पत्रकार रत्नले प्रतिक्रिया दिए । उनी पार्टीको सुभेच्छुक संगठन प्रेस सेन्टर नेपालका उपत्यका प्रदेश सचिव समेत हुन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा  सिन्धुली–२ तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।