देशको गुप्तचर निकायको प्रमुखमा कार्की नियुक्त

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा पदोन्नति गरेको हो ।

कार्की २०५३ सालमा अनुसन्धान निरीक्षकको पदमार्फत् विभागमा सेवा प्रवेश गरेका थिए । त्यही वर्ष विभागमा प्रवेश गरेका निवर्तमान प्रमुख हुतराज थापासँगै उनले आफ्नो पेशागत यात्रा सुरु गरेका थिए । लामो समयको अनुभव, दक्षता र संगठनप्रतिको प्रतिबद्धताको आधारमा उनलाई जिम्मेवारी तोकिएको बताइएको छ ।

अनुसन्धान विभागको प्रमुखका कार्कीले तीन वर्ष सेवा पुर्याउने छन् । 

नयाँ भूमिकामा पुगेका कार्कीसामु विभागलाई परिणाममुखी बनाउनपर्ने र गुमेको साख फिर्ता ल्याउनुपर्ने चुनौती रहेको छ ।