‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग

काठमाडौँ, २७ असार । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ ।

आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“क्लिन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो, विज्ञप्तिमा भनिएको छ– “थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लिन फिड स्वरुपमै प्रसारण भइरहेको परिपेक्ष्यमा विदेशी टीभी च्यानलको नेपालमा प्रसारण हुँदा क्लिन फिड नीति लागू गर्न हिच्किचाउनुपर्ने अवस्था छैन ।”

Loading...