देउवालार्इ गाली गर्ने गगन थापासहित कांग्रेस नेताहरुलार्इ शशांकले दिए यस्तो झापड

चितवन, २६ मंसिर । निर्वाचनमा नराम्री पराजित भएपछि अहिले कांग्रेसमा अाराेप प्रत्याराेपका श्रृङ्खला सुरु भएका छन् । केही नेताहरुले कांग्रेसमा नेतृत्व अभाव रहेकाे भन्दै अब नयाँ नेतृत्व अाउनुपर्ने अावाज उठाउँदै अाएका छन् भने कतिपयले पराजयकाे भागेदार सबै भएकाे बताएका छन् । 

नेपाली कांग्रेसका युवा नेता गगन थापासहितका कतिपय नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवामाथि खनिएका छन् । थापाले घुमाउराे ढङ्गले देउवालार्इ नेतृत्व छाेड्न अाग्रह गरिसकेका छन् । देउवाकै कारण चुनाव हार्नुपरेकाे धेरै कांग्रेसी नेताहरुकाे बुझाइ छ । देउवाले कांग्रेसकाे नेतृत्व दिन नसकेकाे भन्दै अब उनले बाटाे क्लिअर गर्नुपर्ने माग उनीहरुले राख्न सुरु गरेका छन् । 

गगन थापासहितका नेताहरुले शेरबहादुर देउवामाथि गाली गरिरहेका बेला कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भने उनकाे पक्षमा उभिएका छन् । शशाङ्कले सबै अाराेप सभापति देउवामाथि लगाएर काेही पनि उम्कन नसक्ने बताउन सुरु गरेका छन् । उनले यसकाे जिम्मेवारी सबैले लिनुपर्ने भन्दै जथाभावी नबाेल्ने अाग्रह गरेका छन् । 

साेमवार नवलपरासीबाट अलग भएकाे जिल्ला नवलपुरकाे केन्द्र कावासाेतीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काेइरालाले निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताए । उनले पार्टी पराजयको अपजस कुनै एक व्यक्तिलाई दिनुभन्दा अब पार्टीलाई पुनर्जीवन दिन सबैको ध्यान केन्द्रित हुनपर्ने बताए ।

कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक बसेर नयाँ धारणा तय गरिने र पार्टी पुनर्संरचना गर्ने बताए । उनले संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा रहने र पार्टीभित्रको सबै असन्तुष्टि समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी कांग्रेस नेता विनोद चौधरीले निर्वाचन सफल हुनु र सबैको सहभागिता देखिनु कांग्रेस र प्रजातन्त्रको जित भएको बताएका छन् । प्रेस युनियन नवलपरासीद्वारा कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले कांग्रेसको संगठनमा नयाँ जीवन दिन अब सुरु गर्नुपर्ने बताए । चौधरीले राष्ट्रिय स्वाधीनतासँग जोडिएको कांग्रेसको आर्थिक अजेन्डाले मात्र देश समृद्धि र विकासको चरणमा प्रवेश गर्ने बताए ।

निर्वाचनमा यस्तो उचारचढावलाई सामान्य रुपमा लिनपर्ने बताउँदै चौधरीले सबै वामपन्थी शक्ति मिल्दा यस्तो नतिजा स्वाभाविक रहेको प्रतिक्रिया दिए । आफू सक्रिय राजनीतिमा पहिलोपटक लागेकाले नवलपरासीमा हालैको निर्वाचनले दिएको सन्देश कांग्रेसले देशभर स्थापित गर्न सक्छ भन्ने विश्वास आफूमा रहेको बताए । नवलपरासीमा ५ वटा सांसद जितेको उदाहरण दिँदै चौधरीले त्यही तरिका अबलम्बन गरे देशभरमा कांग्रेस बलियो र एकढिक्का बनाउन सकिने उदाहरण दिए ।

Loading...