देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु

हिमालचन्द्र बराल

जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु

देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु

 

छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज

उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु

 

दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले

महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु

 

याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति

फेरिएला रुप, उही रहनेछ तर भवचक्करहरु

 

मान्छेकाे जङ्गलमा मान्छेहरु मान्छेकै शिकारमा छन्

मभित्रकाे इश्वर झेल्दैछ मभित्रकै दानवका टक्करहरु