गजल
लाचारीको आँसुले भिजेका छन् आमाका पछ्यौराहरु
जनताको हात बने न्यायको भीख माग्ने कचौराहरु
कहाँ पुग्यो यात्री कुन्नि तर किनारमै छन् माझीदाइ
आखिर कसले सम्झिन्छ र खोला तरेपछि लौराहरु
आफूले सजाउने गला छान्न पाउँदैनन् सयपत्रीहरु
इमानको दोसल्ला ओढी लाज पचाउछन् नकचराहरु