काठमाडौँमा चिनियाँ शैक्षिक मेला शुरु

काठमाडौँ, २३ मंसिर । चीनको शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा आजदेखि दोस्रो चिनियाँ शैक्षिक मेला शुरु भएको छ ।

आइतबारसम्म चल्ने मेलामा चीनका विभिन्न १६ वटा विश्वविद्यालयले शैक्षिक जानकारीमूलक कक्ष राखेका छन् । उक्त मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले चीनमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई भरपुर जानकारी लिन मेला उपयोगी हुने बताए ।

मेलामा नान्जिङ युनिभर्सिटी अफ एरोनोटिक्स एण्ड एस्ट्रोनोटिक्स, ज्याङसु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी, सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, सान्दोङ नर्मल युनिभर्सिटी र चाइना युनिभर्सिटी अफ जिओ साइन्सेसबाट डीन, सहायक डीन र कार्यक्रम संयोजक आफैँ उपस्थित छन ।

मेलामा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी हुने फ्रेस स्टार्ट एजुकेशन कन्सल्टेन्सीका निर्देशक दीपेश रेग्मीले जानकारी दिए ।

Loading...