जेष्ठ नागरिकहरुलाई कोरोनाको दोश्रो खोप ब्यबस्था गराउन सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई कोरोनाविरुद्धको दोश्रो खोपको व्यवस्था गर्न परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेको रित माथि सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

सोमवार ६५ वर्षदेखि ७५ वर्षसम्मका वृद्धवद्धा जेष्ठ नागरिकरुलाई समयमानै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो ।

आज उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गरेका थिए ।

गत फागुन २३ गतेदेखि पहिलो डोज ६५ देखि ७५ वर्षसम्मका वृद्धवद्धाहरुलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप लगाउने समय रहेको थियो । तर सरकारले त्यस समयाधवीमा भन्दा धेरै दिन बितिसक्दा समेत दोश्रो खोप लगाउन सरकारले पहलमा मात्र सिमित गरेको भन्दै निवेदकले रिट निवेदन दर्ता गरेका गरेका थिए।

सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।

Loading...