संग्रहालयको भण्डार गृहमा थन्किएर रहेका सामग्रीहरु प्रदर्श खुल्ला

काठमाडौँ। हनुमानढोका दरवार संग्रहालय झन्डै ६ बर्ष बन्द भएको पश्चात पुन्ह सर्वसधरंणका लागि खुल्ला भएको छ। दरवार संग्रहालयको १०औं बार्षिक उत्सको अवसरमा संग्रालयमा रहेका एतिहासिक पुराना गरगहना सम्बन्धि प्रदर्शनीको आइतबार उद्घाटन तथा पुस्तक बिमोचन भएको हो । बिश्वसम्पदामा सुचिकृत हनुमानढोका दरबार क्षेत्र कला वास्तुकलाको लागि महत्वपूर्ण सम्पदा स्थल हो । मल्लकाल तथा शाहकालमा आवाद रहेको यस क्षेत्रमा उक्त समयका प्रशस्त कला रहेका छन् । दरबार (लायकू) र मन्दिर (देगः) हरुको वास्तुकलाको समिश्रण रहेको यो स्थल कुनै एक कालखण्डको मात्र नभई पूर्वकाल देखिको निरन्तरता हो । सन् १९७९ मा यूनेस्कोले विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचिकृत गरेपछि विश्व सामु यस क्षेत्रको ख्याति अझै बढेको छ ।
२०७२ को भुकम्प पछि क्षतविक्षत बनेको यो दरबार क्षेत्र हालको अवस्था सम्म आईपुग्दा धेरै नै पुनःनिर्माणका कार्यहरु सम्पन्न हुदै आएका छन् । यद्यपी पुर्ण रुपमा संग्रहालय सञ्चालन हुन नसकेको वर्तमान परिपे्रक्षमा केहि थारै भए पनि दर्शकहरुलाई अवलोकनको अवसर मिलोस भन्ने उदेश्यका साथ यो प्रदर्शनी खुल्ला गरिएको संग्रालय विकास समितिले जनाएको छ ।

 
ढुकुटी भवनमा हाल प्रदर्शनमा राखिएका सामग्रीहरु दुई भिन्न प्रकारबाट यस कार्यालयलाई प्राप्त भएका हुन् ।
मिति २०६८ साल आषाढ १३ गते हनुमानढोका दरबार स्थित न्हुच्छें चोक र फरास खाना बीचको भवन जीर्णोद्धार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्रीहरु फलामको सेफमा पुरिएको अवस्थामा प्राप्त भएका थिए । यि सामग्रीहरु मध्ये केही सामग्रीहरुको छनौट गरि यहाँ प्रदर्शनीमा राखिएका छन् । जसमा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्तिहरु, सुन, चाँदी तथा तामाका गरगहनाहरु, सुन चाँदीका सिक्काहरु, अत्यन्त दुर्लभ ईष्ट इण्डिया कम्पनीले जारी गरेका सुन सिक्का, तात्कालिन समयको नापतौलका सामग्रीहरु, राज्यभिषेक समारोहमा हात्तीको शिरमा सजाईने चाँदीको चन्द्र कलश, भगवान श्रीकृष्णलाई चढाउने सुन तथा चाँदीका बहुमुल्य मुकुटहरु आदि रहेका छन् ।
शाह राजा लगायत राजपरिवारको बसाई नारायणहिटी दरबारमा सरे पछि पनि राज शासन अवधि भर यस क्षेत्रको स्वामित्व राजसंस्थामा नै निहित रहेको थियो । राजसंस्थाको समाप्ति पश्चात् दरबारसंग सम्बन्धित केही सामग्रीहरु गृह मन्त्रालयबाट यस हनुमानढोका दरबार हेरचाह अड्डालाई बुझाईएका थिए । त्यस मध्येबाट पनि केही सामग्रीहरु छनौट गरि यहाँ प्रदर्शनमा राखिएका छन् । जसमा मंगल कार्यमा प्रयोग गरिने चाँदीको ठेकी, पेरुङ्गो सहितको भार, पेटारो, चाँदीका भाडा वर्तनहरु, देवतालाई सजाईने विभिन्न प्रकारका सुन चाँदीका मालाहरु रहेका छन् । २०७२ को भुकम्प भन्दा अघी नै गरगहना संबन्धी यो प्रदर्शनीको तयारी गरिएता पनि भुकम्पको कारण हुन नसकेकोले हाल त्यसै समयमा निर्माण गरिएका शोकेशहरुबाट यो प्रदर्शनी गरिएको छ ।


लामो समय देखि भण्डार गृहमा थन्किएर रहेका यस्ता सामग्रीहरु प्रदर्शनीमा राख्नुको मुख्य उद्देश्य तत्कालिन समयको कला, धर्म तथा संस्कृतिबारे आम सर्वसाधारण, अन्वेषक, विद्यार्थीहरुलाई जानकारी दिनु हो । तत्कालिन समयमा प्रयोग भएको तर हाल लोप भैसकेका कतिपय प्रविधिहरु पुनर्जागृत हुन मद्दत पुग्ने छ भन्ने विश्वास संग्रालय विकास समितिले लिएको छ ।
संग्रालयलका प्रमुख सन्दिप खनाल भन्नु हुन्छ – ‘ यस कार्यालयको स्थापनाको मुख्य उदेश्य मुर्त सास्कृतिक संम्पदाको संरक्षण, सम्बर्धन रहेता पनि कुनै पनि मुर्त संपदाको जीवन अमुर्त संपदा संग गासिएर रहेको हुन्छ भन्ने सिद्घान्तका साथ अमुर्त संम्पदाको संरक्षणमा समेत उत्तिकै दृण भएर लागेका छौ । धार्मिक, पुरातात्विक साथै कलावास्तुकलाको दृष्टिकोणले अति नै महत्वपूर्ण यो स्थलको विशिष्ट गरिमालाई आत्मसाथ गर्दै आगामी दिनमा अध्ययन अनुषन्धानका कार्यलाई समेत अगाडि बढाउदैं समग्र हनुमानढोका सम्पदा स्थलको संरक्षण कार्यमा कृयाशील रहने नै छौं । लामो समय देखी बिमोचन हुन नसकेका दुई वटा पुस्तक यहाँ आज बिमोचन हुन लागेको छ । हनुमानढोका दरवार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामुर्ति (डा.महेश राज पन्त) तथा हनुमानढोका दरवारका भित्तिचित्र (डा. जुनु बासुकला रन्जितकार )द्वारा लिखित पुस्तकले यहाँका कला बास्कुतकलाका बारेमा प्रसस्त जानकरी दिने छन् भन्ने बिश्वास लिएको छु ।
विगत लामो समय देखी यस दरवार परिसरमा विभिन्न मन्दिर, देवी देवताहरुलाई नियमित गर्दै पूजा गर्दै आउनु भएका गुरुज्युहरुलाई केही सहयोग पुगोस भन्ने उदेश्यले गत पौष महिना बाट मासिक रु.२५००÷– दिने निर्णय भएको यहाँ जानकारी गराउन चाहन्छु । यसका साथै यहा हुने बिभिन्न जात्रा पर्वहरुको संरक्षणमा समेत हामी सदैव कृयाशिल रहने नै छौ ।
साथै यस कार्यालयबाट भईरहेका पुनःनिर्माणका कार्यहरु द्रुतगतीमा अघी बढीरहेकै छन भने कोभिड्का कारण रोकिएको चाईना सरकारबाट भई रहेको पुनः निर्माण कार्य छिट्टै सुरु हुने जानकारी आएको प्राप्त भएको छ । ’

सम्बन्धित समाचार यो पनि – 

हनुमानढोका गरगहना संग्रहालय खुला, दुई पुस्तक विमाेचित

Loading...