के हो “Honey Trap ” ? , पासोमा पारि फसाई रकम असुल्ने महिला गिरोह पक्राउ

काठमाडौँ – पुरुषलाइ भेट्न बोलाई कोठामा संगै बसी उक्त संगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक-पटक IME मार्फत लाखौं रकम लिने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ।

घटना विवरण :- कोटेश्वर बस्ने एक पुरुष ब्यक्तीलाई ललिता भन्ने लालसरी शाही नाम बताउने महिलाले सुन्धारा स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा संगै बसी उक्त संगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक-पटक IME मार्फत लाखौं रकम लिने कार्यमा संलग्न व्यक्तिहरूलाई यस अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौको विभिन्न स्थानहरूबाट घट्टेकुलो बस्ने कल्पना हमाल समेतलाइ आज पक्राउ गरी गरेको हो।


लालसरी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको कोटेश्वर बस्ने ५२ वर्षको एक पुरूष ब्यक्तिलाई आफू.सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरे पश्चातः सो अनुरोध बमोजिम के भएको रहेछ भनि भेट्न जाँदा होटलको कोठामा नै बोलाई कोठामा जानासाथ निज महिलाले उक्त पुरूषको नजिक गई हात समाउने लगायतको काम गरेको समयमा निज महिलाको साथीले भिडियो खिचेको, त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग गर्न थालेको र पटक-पटक गरी रू.३ लाख २ हजार ५ सय लगि सकेको बुझिएको र थप रू.८ लाख माग गरेकोले आफू ब्ल्याकमेलिङमा परेको थाहाँ पाए पश्चात:महाशाखाको कार्यालयमा उजुरी दिएका थिए।
हाल पक्राउ परेका महिलाको समूहले यस्तै प्रकारको कार्यविधि अपनाई ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छोडे पश्चातः भिडियो भाईरल गराई बदनाम गराउने तथा ज.ज.क.को मुद्दा लगाउने सम्मको डर त्रास देखाई पुनःरकम असुल गरेको खुलेको महाशाखाले जनाएको छ ।
अपराधमा संलग्न भएको आरोपमा निजहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात: थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको छ ।

पक्राउ परेका लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा सम्मानित बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी सम्मानित उच्च अदालत, बाँकेको फैसलाले २०७४।०८।२२ गते रू.१ लाख धरौटीमा छुटेको खुल्न आएको छ । लालसरी शाही र कल्पना हमालले.सुर्खेत, विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई निजको विरुद्धमा मिति २०७७।०६।०६ गते ज.ज.क.मुद्दामा जाहेरी दिएकोमा उक्त जाहेरी झुठ्ठा ठहरिएकोले लालसरी साही उपर सम्मानित सुर्खेत जिल्ला अदालतबाट ३ वर्ष ६ महिना जेल सजायको फैसला भएको अर्को तथ्य खुल्न आएको महाशाखाले जनाएको छ ।

Loading...