हनुमानढोका गरगहना संग्रहालय खुला, दुई पुस्तक विमाेचित

काठमाडाैँ। काठमाडाैँकाे विश्व सम्पदास्थल मध्ये एक हनुमानढाेका दरवारभित्र उत्खननका क्रममा भेटिएका प्राचीन गरगहना तथा परम्परागत वस्तुहरूकाे प्रदर्शनी खुला गरिएकाे छ।
हनुमानढाेका दरवार सङ्ग्रहालयकाे दशाैँ वार्षिकाेत्सवका अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले हनुमानढाेकाभित्रकाे ढुकुटी सङ्ग्रहालयमा प्रदर्शनीकाे शुभारम्भ गर्नुभएकाे हाे।
त्यस अवसरमा प्रा. डा. महेश राज पन्तद्वारा लिखित “हनुमानढाेका दरवार माेहन चाेककाे दलानकाे शिलापट्ट र त्यहाँका शिलामूर्ति” र डा. जुनु बासुकला रञ्जितकारद्वारा लिखित अनुसन्धानात्मक कृति “हनुमानढाेका दरवारका भित्तिचित्र” पुस्तकहरूकाे पनि मन्त्री ढकालले विमाेचन गर्नुभयाे।
सर्वसाधारणका लागि प्रवेश निषेध रहेकाे हनुमानढाेका दरवारका भित्री प्राचीन वस्तुहरूकाे प्रदर्शन र त्यहाँ भित्र रहेका सम्पदा सम्बन्धी पुस्तक प्रकाशनले त्यस क्षेत्रमा अनुसन्धानकाे नयाँ ढाेका खुलेकाे सम्बन्धितहरूकाे भनाई रहेकाे छ।

Loading...