मातृभाषाबाट शिक्षा दिन गरेको कदम प्रति काठमाडौं महानगरपालिकालाई धन्यवाद ।

चैत्र २ ,काठमाडौँ। काठमाडौं महानगरपालिकाले मातृ भाषा बात शिक्षा दिन गरेको कदम प्रति काठमाडौं महानगरपालिकालाई नेवार पत्रकाहरुको साझा सस्था “नेवा :राष्ट्रिय पत्रकार दबु” ले धन्यवाद वक्त गरेका छन् । दबुले जारी गरेको प्रेस बिज्ञप्तिमा भनेको छ -“मथां आखः सयेकेगु जूसा मां भासं ब्वङ दिसँ अर्थात छिटो शिक्षा प्रदान गर्ने हो भने मातृभाषाबाट शिक्षा दिनु” । यी पंक्तिले मातृभाषा शिक्षाको महत्वलाई दर्शाउँदछ । १३७ बर्ष अगाडी यस धर्तीमा पाइला टेकेका तथा राणाकालीन अँध्यारो त्यो अवधिमा मातृभाषा शिक्षाको महत्वको आवाज उठाउँदै शिक्षा क्षेत्रमा योदागन गर्नुहुने नेपालभाषाको चार स्तम्भ मध्ये एक मास्टर जगतसुन्दर मल्ल हुन् । जसले संसारमै लmोकप्रिय कथाको नेपालभाषा रुपान्तर गर्दै “इसपं दयेकातःगु बाखं” प्रकाशन गर्नुभयो । त्यो बेला मास्टर मल्लले उठाएको आवाज र सपना आज पूरा हुँदै गरेको आभाष समाजले गरेको छ ।
काठमाडौं महानगरपालिकाले यसै शैक्षिक बर्षदेखि लागू हुने गरी कक्षा १ देखि ८ सम्म पाठ्यक्रम निर्माणको क्रममा कक्षा १ देखि ४ सम्मको पाठ्यक्रम “येँँ देय् म्हसीके (अर्थात काठमाडौं चिनौं)” सार्वजनिक गरेको निकै सुखद विषय हो । नेपालभाषाको यस पाठ्यक्रम निर्माणको क्रममा योगदान गर्नुहुने सम्पूर्णलाई नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन यस पत्रकार राष्ट्रिय दबूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यस दबूले आदिवासी जनजाति, तथा मधेसी पत्रकारहरुका साथ मिलेर राख्दै आएको आवाज प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको पहिचान संरक्षण एवं प्रचारमा राज्यको ध्यानाकर्षण खोज्दै आएको समेत यस पाठ्यक्रमले ध्यान दिएको कारण पत्रकारिता जगत् पनि उत्साहित छ । प्रथम मातृभाषी पत्रकारको जीवनी समेटिएको पाठ्यक्रमका लागि पनि हामी कृतज्ञ छौं ।
मातृभाषा बोलेर के हुन्छ ? मातृभाषा पढेर के हुन्छ ? समाजमा उठन थालेको यस किसिमको प्रश्नको सम्बोधनकै रुपमा पाठ्यक्रम निर्माणसँगै यस मातृभाषा शिक्षाका लागि जनशक्तिको माग अर्को उत्साह बनेको पनि स्मरण गराउन चाहन्छौं । नेवार समुदायको पहिचान र सुन्दर भविष्य भनेकै नेपालभाषाले सुसज्जित समाज हो । भाषा संरक्षण तथा प्रचारका लागि मातृभाषा शिक्षा बलियो आधार बन्नेछ । यसै कार्यले गर्दा नेपालभाषा संरक्षणमा प्रत्यक्ष, अप्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको नेपालभाषा पत्रकारिता क्षेत्रको आधार अझ बलियो हुने कुरामा दुई मत हुँदैन ।
खुशी संचार गरेको तथा मार्गदर्शन गराएको यस कार्यका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, मनपाका शहरी योजना आयोग, शिक्षा विभाग, पाठ्यक्रम समिति, सम्पूर्ण महानगर परिवार तथा यस कार्यको उत्साहसाथ कार्यान्वयन गर्ने सम्पूर्ण विद्यालयप्रति पनि हामी धन्यवाद ज्ञापन गर्दै शुभकामना दिन चाहन्छौं । कक्षा ५ निसें ८ सम्मको पाठ्यक्रम पनि चाँडै सार्वजनिक हुने आशाका साथ अन्य स्थानीयमा पनि यस कार्यले चाँडै स्थान पाओस् भन्ने पनि कामना गर्दछौं ।

अध्यक्ष – सुरजवीर बज्राचार्य

काठमाडौँ महानगर पालिकाले गएको शुक्रबार आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘ यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तकको बिमोचन गरेको थियो । पाठ््यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेवार भाषा लाद्ने गरी नभई परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको हो ।

सम्बन्धित समाचार –

काठमाडौँ महानगर पालिकाको स्थानीय पाठ्यक्रम ‘‘ यँ देय् म्हसीके ’’ पुस्तकको बिमोचन

Loading...