नेपाल भाषा चलचित्र ‘‘आसकुति ’’ को निर्माण र टेलर सार्वजनिक

चैत २,काठमाडौँ। आयाम् फिल्म्सया ब्यानरमा निर्माण भएको नेपालभाषामा निर्मित कलात्मक चलचित्र ‘‘आसकुति ’’ को निर्माण र टिजर (ट्रेलर) सार्वजनिक भएको छ। बुलाल महर्जनको निर्माणमा निर्देशक सुरेन्द्र तुलाधर , कथा सुरेश शाक्य , कलाकारहरुमा सुरज व्यञ्जनकार, कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापित, रामराजा भाम, रंजना सिथिखु, रोहन प्रजापति, बुलाल महर्जन, सविनरत्न शाक्य, कृष्टिना शिल्पकार, सुजन बज्राचार्य लगाएतको भूमिका रहेको छ।

कला क्षेत्रमा सक्रिय समर्पित धेरै कलाकारहरुको गुण र योगदान रहेको यस चलचित्र आगामी चैत्र २१ गते शनिवार सीटीसी मल सुन्धारामा विशेष शो हुने सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

Loading...