नेपाल खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला नराेक्ने

 

काठमाण्डाै। नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल खेमले आउँदाे ४ र ५ गतेका लागि तय गरेकाे राष्ट्रिय कार्यकर्ता भेला नराेकिने बताएको छ । साेमवार बानेश्वरमा बसेकाे यस समूहकाे केन्द्रीय सदस्य तथा सांसदकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे ।

यस्तै नेपाल–खनाल समूहले ​मङ्गलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आयाेजित चियापान कार्यक्रममा अहिलेको अवस्था मा नजाने निर्णय लिएको छ ।​

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको थियाे । दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडानमा रहेपछि निष्कर्ष बिहिनमा नै टुंगिएको हो ।

 

 

Loading...