स्थानीय तहमा पनि रकमान्तर, रकमान्तरदेखि कामका उधारोसम्म गाउँपालिहरुको गोलमाल

सिंहदरवारको रकमान्तर रोग गाउँपालिकाहरुमा आइपुग्यो

हुम्ला । हुम्लाका सात गाउँपालिकाहरूमा विभिन्न प्रकारका विकासे काममा एक बजेट शिर्षकको रकम अर्कै योजनामा रकमान्तर गर्दा समस्या देखिएको छ ।

असार मसान्तसम्म वैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा आएको रकमलाई फिर्ता जानबाट रोक्नका लागि उक्त रकम झिकेर आफ्नो खातामा राखी अत्यावश्यक र आफ्नालाई रकम भुक्तानी दिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, प्राविधिक र स्थानीय जनप्रतिनिधिहरूको मिलोमतो यस्तो काम भएको हुम्लाका स्थानीयतहका उपभोक्ताहरूले जानकारी दिएका छन् ।

पहिलो स्थानीय उपभोक्ताहरुलाई खुशी पार्नका लागि खाली चेक दिने र बैंक गएर खाली हात आएपछि उक्त चेक फिर्ता लिएर आउने आवमा पहिलो प्राथमिकतामा पारी दिने आश्वासन आएको पीडितहरूले बताएका छन् ।

हुम्लाका सात स्थानीय तहहरु अदानचुली, खार्पुनाथ, चंखेली, ताजाकोट, नाम्खा, सर्केगाड र सिमकोट गाउँपालिका आफु र आफ्ना वरपरकाहरुका लागि मनपरि खर्च गर्नका लागि विभिन्न प्रकारका विनियम र स्थानीय तहको कार्यकारिणी परिषद्बाट निर्णय गराएर खर्च गर्ने गरेका कारण प्रत्येक वर्ष बेरुजुको खाता बढ्दै गएको छ ।

विभिन्न शिर्षकको बजेट हुम्लामा स्थानीय तहहरुले मनपरी गरेर रकमान्तर गर्दा धेरै विकासे आयोजनाहरूले उधारोमा चित्त बुझाउनु परेको छ ।

Loading...