अन्तर्राष्ट्रिय अगुवा र मानव अधिकार संस्थाहरूद्वारा दक्षिण कोरियामा अल्पसंख्यक धर्ममाथि कोभिड-१९ लाई लिएर भइरहेकाे दमन रोक्न आह्वान

मानवअधिकार अधिकारी, गैरसरकारी संस्था र धार्मिक समुदाय लगायत ३८७  अन्तर्राष्ट्रिय अगुवाहरूले दक्षिण कोरियामा कोभिड-१९ को समयमा सिन्छन्जी चर्च अफ जीसस नाम गरेको अल्पसंख्यक धार्मिक समूहमा दमन रोक्न आग्रह गरिरहेका छन।

यस प्रकोप पछि, जिल्ला अदालतले कोभिड १९  जानीजानी फैलाएको शंकाको बिरूद्ध अनुसन्धान गरिरहेको छ, जसमा सिन्छन्जी चर्चका अध्यक्ष ली म्यान-हि सहित ६ चर्चका अधिकारीहरू पक्राउ परेका थिए।  सियोल शहर सरकारले श्री लीले स्थापना गरेको HWPL, एक अन्तर्राष्ट्रिय शान्ति संस्था को कार्यहरू गर्नको लागी अनुमति रद्द गरे।

युनाइटेड किंगडममा अन्तर्राष्ट्रिय मानव अधिकार समितिका अध्यक्ष इफ्तिखार अयाजले भनेका थिए “कोरियामा सिन्छन्जी चर्चका सदस्यहरुको क्रूर सतावट र उनीहरुको निगम दर्ता नगर्न अमानवीय इन्कार राज्य जिम्मेवारिको भयावह लापरवाही हो जसले सबै नागरिकहरुलाई समान रुपमा व्यवहार गर्नुपर्दछ जे भएता पनि भेदभाव गर्नु उचित होइन ।

उनले भने, “मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय सार्वभौम घोषणापत्रको व्यवहारमा सरकारले सम्मान व्यवहार गर्नुपर्दछ, जसले मानव परिवारको सबै सदस्यको स्वाभाविक मर्यादा र समान र अभेद्य अधिकारमा जोड दिन्छ।”

भेनेजुएलाका फ्रान्कलिन होइट लिनरेस, पूर्व राष्ट्रपति र विश्व न्यायवादी संघका मानद जीवन अध्यक्षले भन्नुभयो, “यदि व्यापक रूपमा फैलाइदै आएका टिप्पणीहरू सत्य नै भए, म यसलाई बदनाम गर्नुका साथै राष्ट्रिय र मानव लाजमर्दो पनि भनेर वर्णन गर्न हिचकिचाउँदिन। धर्मको स्वतन्त्रताको बिभेदमा आक्रमण हामी बुझ्दैनौं किन धर्मको स्वतन्त्रता रहेको देशमा सरकारले कोरियाली संविधानलाई भंग गर्न अनुमति दिन सक्छ, जबकि यसले धारा २०‌ उपधारा १ र २ मा स्पष्ट भनिएको छ कि ‘सबै नागरिकले धर्मको स्वतन्त्रता पाउनेछन’ र ‘ धर्म र राज्य अलग हुनेछ। ‘

ह्युमन राइट्स विदआउट फ्रन्टियर्स (HRWF) का निर्देशक, विली फउत्रेले भने कि सिन्छन्जीमा भएको भर्खरको आक्रमणलाई दक्षिण कोरियामा कट्टरपन्थी प्रोटेस्टेन्ट समूहले धार्मिक क्षेत्रमा प्रतिस्पर्धीलाई कमजोर पार्न र नष्ट गर्न गरेको प्रयासको रूपमा लिन सकिन्छ।

गत महिना युरोपियन कोर्डिनेसन अफ एसोसिएसन एण्ड इन्डिभिजवल फर फ्रिडम अफ कनसाईन्स (CAP-LC) सहित ११ एनजीओले संयुक्त राष्ट्रसंघको ४४ औं अधिवेशनमा मानव अधिकार परिषद्मा “मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको लागि वार्षिक रिपोर्ट” प्रतिवेदन पेश गरे। उक्त प्रतिवेदनको शीर्षक “गणतन्त्र कोरियामा कोभिड -१९ संक्रमणको लागि सिन्छन्जी सदस्यहरूलाई चारा बनाएर दोषी देखाएका छन् ।”

उक्त रिपोर्टमा भनिए अनुसार, “भाइरस मानव अधिकार र सयौं हजारौं विश्वासीहरुको धार्मिक स्वतन्त्रताको उल्लंघनको बहाना हुन सक्दैन। सिन्छन्जीको बिरूद्ध सहन नसक्ने व्यवहार, हिंसा र भेदभाव अन्त्य गरिनु पर्दछ।

आजको दिनसम्म सिन्छन्जी थेगु चर्चका ५१२ सदस्यहरूले कोभिड-१९ को नयाँ उपचारको विकासको लागि उनीहरूको रक्त प्लाज्मा दान गरिसकेका छन्। रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्रहरूले सिन्छन्जी थेगु चर्चका सदस्यहरूद्वारा दान गरिएको प्लाज्माको साथ कोरोना सम्बन्धित औषधी उत्पादन गर्ने योजनामा छन् र यस सेप्टेम्बरदेखि नै क्लिनिकल टेस्टहरू सञ्चालन गर्ने बताएका छन्।

चर्च अधिकारीले भने‌ अनुरुप “कोभिड-१९ बाट पूर्ण निको भएका सदस्यहरूले सरकारले प्रदान गरेको उपचारको लागि धन्यवादको रूपमा आफ्नो रक्त प्लाज्मा दान गरेको हो। हामी खोपको विकासलाई समर्थन गर्न चाहन्छौं। 

Loading...